बुहारीलाई जब र्जस्ती कर णी गरेर फ रार रहेका एक व्यक्ति पाँच महिना बितिसक्दा पनि प क्राउ पर्न सकेका छैनन् ।
बुहारीले जाहेरी दिएपछि प्रहरीले उनको खोजी गरिरहेको छ । रत्ननगर–१५ निवासी २७ वर्षीया एक महिलाले वैशाख १६ गते इलाका प्रहरी कार्यालय टाँडीमा आफ्ना ससुराविरूद्ध किटानी जाहेरी दिएकी हुन् ।
ससुराले आफूलाई दुईपटक जब र्जस्ती क रणी गरेको आरोप ती महिलाले लगाएकी छन् । घटना चैत १७ र २१ गते भएको हो । देवर नभएको मौका छोपी पहिलोपटक चैत २७ गते ससुराले आफूलाई जब र्जस्ती क रणी गरेको उनले बताइन् । दोस्रोपटक २१ गते क रणी गरेको आफूलाई थाहा भएको र त्यसपछि लगातार एक महिनासम्म बेहोस हुने औषधि खान दिएर क रणी गरेको ती महिलाले बताइन् ।
ससुराको अत्याचार सहन नसकेर उनी माइतीको शरणमा पुगिन् । घटनाबारे काठमाडौँमा रहेकी दिदीलाई जानकारी गराएपछि वैशाख १६ गते पीडित पक्षले प्रहरीमा जाहेरी दिएका हुन् । बुहारीले आफूविरूद्ध जाहेरी दिएलगत्तै आरोपित फ रार रहेका छन् । उनका श्रीमान् रोजगारीका लागि तीन वर्षअघि भारत गएका थिए । सासू बितिसकेका कारण ससुरा, देवर र दुई छोरीसँगै ती महिला बस्दै आएकी थिइन् । देवर नभएको मौका छोपी ससुराले बुहारीलाई जब र्जस्ती क रणी गर्दै आएको बुहारीको आरोप छ ।
ससुराबाट क रणी भएर पीडित बनेकी ती महिला र उनका दुई छोरीको अहिले बिचल्ली भएको छ । माइतीको शरणमा पुगेकी उनलाई त्यहाँ बस्न पनि सहज छैन । आमा बिरामी र बुबाले दिनरात रक्सी सेवन गर्ने गरेका कारण त्यहाँ बस्न सहज नभएको उनी बताउँछिन् । पीडित महिला अहिले रत्ननगरको एक होटलमा काम गर्छिन् ।
दुई छोरीको लालनपालनका लागि होटलमा काम गर्न थालेको उनले बताइन् । न्यायका लागि उनले सबैसँग हारगुहार गर्दै आएकी छन् । प्रहरी, महिला अधिकारकर्मी र पत्रकार सबैलाई उनले भेटेर आफूमाथि घटेको घटना सुनाउँछिन् । ‘मलाई अब सम्पत्ति चाहिँदैन’, उनले भनिन्, ‘न्याय चाहिएको छ ।’
‘१७ गते बेलुका ६ बजेको थियो, दुई छोरी ससुराको कोठामा टिभी हेर्दै थिए । तिनीहरु झगडा गरेपछि म त्यहाँ पुगेँ’, घटना सुनाउँदै उनले भनिन्, ‘म त्यहाँ पुगेपछि दुई छोरीलाई पाँच–पाँच रूपैयाँ दिएर ससुराले बाहिर पठाउनुभयो, त्यसपछि हातले मुख थुनेर मलाई जब र्जस्ती क रणी गर्नुभयो ।’ कराइस् भने तेरा छोरीहरु मार्दिन्छु भनेपछि आफू निरीह भएर चुपचाप बसेको उनले बताइन् । छोरी मार्ने धम्की दिँदै आफूलाई ससुराले कर णी गरेको पीडित महिलाले बताइन् ।
‘चैत २१ गते राति ९ बजे ससुरा घर आउँदा म ढोका लगाएर सुतिसकेकी थिएँ । बाहिरबाट ढोका हानेपछि म उठेर खाना खान दिएँ’, दोस्रो घटना सुनाउँदै उनले भनिन्, ‘त्यो दिनपछि भान्साबाट तानेर लग्दै कोठामा क रणी गरे । म धेरै रोएँ, कराएँ तर मेरो केही लागेन’, उनले भनिन्, ‘छोरीहरुलाई मार्दिन्छु भनेपछि पीडा सहेर बसेँ ।’ दुईपटकसम्म ज बर्जस्ती कर णी भएपछि आफू बिरामी भएको ती पीडित महिलाले बताइन् ।
‘औषधि खाएपछि ज्वरो निको भयो, पछि सिटामोल हो भन्दै बेहोस हुने औषधि खुवाएर उनले क रणी गरे । बेलुका बेहोस भएपछि बिहान ९ बजे होस खुल्थ्यो’, घटनाबारे सुनाउँदै उनले भनिन्, ‘होसमा आउँदा खुट्टा टेक्नै सक्थिनँ ।’
अहिले श्रीमान्को पनि साथ नभएकी उनी न्यायको खोजीमा छन् । डेढ महिनाअघि श्रीमान् भारतबाट घर आएका छन् । श्रीमान्ले पनि उनलाई वास्ता गरेनन्, उल्टै बुबालाई फसाउन खोजेकी भनेर धम्क्याए । बुबालाई मैले लुकाएको छु, तैँले प्रहरीमा उजुरी दिएर केही हुनेवाला छैन भनेर पटकपटक टेलिफोनमा श्रीमान्ले धम्की दिने गरेको उनले बताइन् । ‘अब त प्रहरीको पनि विश्वास हराउँदै गयो’, उनले भनिन्, ‘पाँच महिना हुँदा पनि पापी भेटिएन ।’
उनी अब श्रीमान्सँग बस्ने अवस्थामा छैनन् । उनले सम्बन्धविच्छेद मागेकी छन् । ‘श्रीमान्ले सम्बन्धविच्छेद गर्न पनि मान्दैनन्’, उनले भनिन्, ‘अब मलाई तिनीहरुको सम्पत्ति चाहिँदैन, मलाई न्याय चाहिएको छ ।’ आफूलाई क रणी गर्ने ससुरालाई जन्मकैदको माग उनले गरेकी छन् । ‘त्यसलाई फासी दिएमात्रै मेरो मनमा शान्ति हुन्छ’, उनले भनिन्, ‘न्यायका लागि मैदानमा आएको छु, सकेसम्म लड्छु ।’
इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी रविनबाबु रेग्मीले आरोपित बोहराको खोजीकार्य भइरहेको बताए । भारतमा लुकेर बसेको अनुसन्धानबाट जानकारी हुन आएको भन्दै उनले त्यहाँको प्रहरीसँग सहकार्य गरेर प क्राउ गर्ने तयारी भइरहेको बताए । बोहराको खोजीका लागि जिल्लाको सिभिल टोली परिचालन गरिएको छ । भारतको यही घरमा छन् भन्ने यकिन हुन नसकेका कारण प क्राउ गर्न नसकिएको उनको भनाइ छ ।
Discussion about this post