जेठ २३ गते । बाँकेमा १६ वर्षीया किशोरीमाथि सामूहिक बला त्कार भएको छ।
फेसबुकमा एक वर्षदेखि चिनजान भएका १७ वर्षका हेमराज थारुले आफ्नो जन्म दिन छ भनेर भेट्न बोलाएपछि आएकी किशोरीलाई हेमराज लगायत ७ जनाले बला त्कार गरेको बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले जानकारी दिए ।
किशोरीलाई शुरुमा मानखोलाको जंगल र पछि बैजनाथस्थित टहरामा लगेर बला त्कार गरेको प्रहरीले जनाएको छ।
मानखोलाको जंगलमा ५ जना र टहरामा लगेर २ जनाले बला त्कार गरेको प्रहरीले बताएको छ ।
प्रहरीले अभियुक्तहरु हेमराज थारु, निराजन थारु, बिक्रान्त थारु, प्रवीण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारुलाई विभिन्न ठाँउबाट पक्राउ गरेको छ ।
घटना २१ गते राती र २२ गते बिहानको हो । २२ गते सांझ ४ बजे किशोरीलाई घर पुर्याउन जादा एउटै मोटरसाइकलमा ३ जना सवार थिए । प्रहरीले खजुरामा चेकजांच गर्दा किशोरी लठ्ठिएको देखेपछि कार्यालयमा लगेर सोधपुछ गर्दा घटना बाहिर आएको हो ।
यसरी घटेको थियो घटना
बाँके जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेका अनुसार प्रेमी भनिने ती किशोरले राप्ती गाउँपालिकाकी ती किशोरीलाई आफ्नो जन्मदिन मनाउन भनेर बर्दिया जिल्लास्थित मानखोला जंगलमा बोलाएका थिए ।
मानखोला बाँके र बर्दियाको सिमानामा पर्छ । प्रहरीका अनुसार ती किशोर र ती किशोरीको बीचमा विगत एक वर्षदेखि सामाजिक सञ्जाल फेसबुकमार्फत् चिनजान भएको थियो ।
ती किशोरले करकाप गरेपछि किशोरी मानखोला जंगलमा सार्वजनिक बस चढेर पुगेकी थिइन् । त्यहाँ पुगेपछि ती किशोरीलाई शनिबार बेलुकीपख किशोर र उनका साथी विक्रान्तले बर्दियाको बढैयाताल घुमाउन लगे ।
बढैयाताल घुमेर फेरि उनीहरू मानखोला जंगलको फूलबारी भन्ने ठाउँमा पुगे । त्यसपछि उनीहरूले घरेलु मदि रा सेवन गर्दै जन्मदिन मनाउन थाले । ती किशोरीलाई पनि करकाप गरी मदि रा सेवन गर्न लगाए ।
जब किशोरी मदि राले लठ्ठीइन्, त्यसपछि उनीमाथि किशोरसहित उनका साथीले सामूहिक बला त्कार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
Discussion about this post