चैत २१ गते। फेसबुकमा साथी बनेका अपरिचित युवाले खाजा खान बोलाएर बला त्कार गरेको आरोपमा रामेछाप प्रहरीले एक जनालाई प क्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार सिराहा जिल्लाको सिराहा नगरपालिकाका २९ वर्षीय मुकेशकुमार यादवले ३६ वर्षीया ती महिलालाई ५ दिनअघि बला त्कार गरेका हुन्। रामेछापको मन्थलीमा यादव र ती विवाहित महिलाको भेट भएको थियो।
फेसबुकमा साथी हुनु बाहेक उनीहरु दुईबीच चिनजान थिएन। प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनुसार फेसबुक मेसेन्जरमा कुराकानी हुँदा भेटेर खाजा खाने योजना थियो। मन्थलीकै एक होटलमा पुर्याएर यादवले महिलालाई कोठा बन्द गरी जब र्जस्ती बला त्कार गरेको महिलाले दिएको उजुरीमा उल्लेख छ। कतै भनिस् र हल्ला गरिस् भने मारिदिन्छु भन्दै धम्काएर बला त्कार गरेपछि यादव फ रार भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
घटनापछि भाग्दै गरेका यादवलाई इलाका प्रहरी कार्यालय खुर्कोटको सहयोगमा शनिबार साँझ प क्राउ गरी जब र्जस्ती कर णीको अभियोगमा अनुसन्धान थालिएको छ। यादव जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा छन्।




















Discussion about this post