आफ्नै बहिनीलाई बला त्कार गरेको आरोपमा बझाङमा १९ वर्षका किशोर प क्राउ परेका छन् । उनले आफ्नै १२ वर्षकी बहिनीलाई गाई गोठमा लगेर बला त्कार गेरको खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार ती किशोरले गत चैत ६ गते बेलुका ५०० रूपैयाँ दिने लोभ देखाएर आमा नभएको बेला गोठमा लगेर मोवाइलमा भिडियो देखाई बला त्कार गरेको खुलेको हो ।
आमा खेतमा मल लगाउन गएको मौका छोपी किशोरले बलात्कार गरेको र भागेको प्रहरीको भनाइ छ । त्यसपछि आमा खेतबाट आएपछि छोरीले घटनाबारे सुनाएकी थिइन् ।
त्यसपछि घटनाको रहस्य बाहिरियो । घटनाबारे थापा पाएपछि पीडितकी आमाले प्रहरीमा भोलिपल्ट चैत ७ गते उजुरी दिएकी थिइन् । उक्त उजुरीका आधारमा प्रहरीले किशोरलाई नियन्त्रणमा लिएको छ ।
आरोप लागेका किशोर र पडित बालिकाको ठेगाना खुलाईएको छैन । जब रजस्ती कर णीअन्तर्गत चलाइएको मुद्धामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बालिकाको स्वास्थ परीक्षण गरी महिला सुरक्षित आवास गृह (सेभ हाउस)मा जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।














Discussion about this post