एजेन्सी/भदौ २३ गते।बलिउड अभिनेता अक्षय कुमारलाई मातृ शोक परेको छ ।
उनकी आमा अरुणा भाटियाको बुधबार बिहान ७७ वर्षको उमेरमा निधन भएको हो ।
अक्षय कुमारले ट्विट गरेर आमाको निधन भएको जानकारी दिएका छन् । आमाको निधनले आफूलाई असह्य पीडा दिएको उनले बताएका छन् ।
अरुणा केही समयदेखि बिरामी थिइन् । केहीदिन पहिले उनलाई मुम्बईको हिरानन्दानी अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारका क्रममा उनको निधन भएको हो ।













Discussion about this post