धनुषा/श्रावण ३२ गते ।प्रदेश सरकारको ‘मुख्यमन्त्री बेटी बचाउ, बेटी पढाउ’ अभियान अन्तर्गत विद्यालयले कक्षा ९ मा अध्ययनरत ३२ छात्रालाई सोमबार साइकल बाँडियो । तर जनकपुरधाम उपमहागरपालिका–८ बस्दै आएकी लाडली खातुनलाई भारतीय भन्दै साइकल नदिएपछि उनी भक्कानिदै रोएकी थिइन् ।

यो खबर जिल्ला युवा सञ्जाल धनुषाले थाहा पाए पछि लाडली खातुनलाई साइकल प्रदान गरि उनको मनोवल उच्च पार्ने प्रयास गरेको छ ।

जनकपुरको जानकी माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुलाई साइकल दिएपनि लाडली खातुनले जन्मदर्ताको प्रमाणपत्र प्रदेश २ सरकारलाई दिन नसकेको भन्दै उनलाई साइकल दिइएन् ।
साइकल नपाउँदा भक्कानिदै लाडली खातुन
विद्यालयमा कहिले काही आउने र कतिपयले निजी विद्यालयमा अध्ययन गरे पनि तथ्यांकको लागि विद्यालयमा नाम लेखाएकी साथीहरुले प्रदेश सरकारको अनुदानबाट साइकल पाई रहँदा नियमित विद्यालय आउने लाडलीको मन थाम्न सकेनन् । उनले गँहुभरि आँसु झार्दै भक्कानिएर रुँदै आफुलाई समेत साइकल दिन आग्रह गरिन तर विद्यालय तथा साइकल वितरण गर्न आएका जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ का वडाध्यक्ष परमेश्वर साहको मन भने पग्लिएन, न त अन्य अतिथिकै ।

लाडलीलाई भारतीय नागरिक भएको भन्दै साइकल नदिई उपेक्षा गरिएपछि लाडली भक्कानिएर रोएकी भिडियो संचारमाध्यम र सामाजिक संजालमा भारइल भएपछि युवा संजालले उनलाई साइकल प्रदान गरेको हो ।
सोमवार लाडलीको घरमै पुगेर जिल्ला युवा सञ्जाल धनुषाका कोषाध्यक्ष खुश्वु साह र महासचिव कुलदिप साह, युवा अभियानी अशोक साहलगायतको टोलीले एक साइकल र स्टेसनरीका समान प्रदान गरेको संजालका अध्यक्ष धिरज साहले जानकारी दिनुभयो ।
लाडलीले साइकल पाएपछि उनको अनुहार नै उज्यालो भई अस्ति विद्यालयमा साथीहरुले साइकल पाई रहँदा आफुले भोग्नुपरेको आत्मग्लानीले असह्ज पिडा भएको भावना पोखिन् ।
साइकल पाएर खुशी भएकी लाडली खातुन र उनका परिवारजनले युवा संजालले हौसला बढाई दिएकोमा युवा संजाल धनुषालाई धन्यवाद समेत दिएको संजालले जनाएको छ ।
जनकपुरधाम ८ स्थित डेरा लिएर खातुन आमा-बुवासँग बस्दै आएकी छन् । भारतको सितामढी घर भएको उनको परिवार विगत ४५ वर्षदेखि जनकपुरमा बस्दै आएको बुझिएको छ । खातुनको जन्म पनि जनकपुरमै भएको हो । उनी कक्षा १ देखि नै सो विद्यालयमा पढ्छिन् ।















Discussion about this post