जनकपुरधाम/श्रावण २३ गते।जनकपुरधामको धनुष सागर पोखरीमा शुक्रबार बेलुका पोखरीमा डु बे को स्थानीय युवक सन्तोष सहनीको श व शनिबार विहान पोखरीको छेउमा तैरिरहेको अवस्थामा फेला परेको छ ।
युवकको उमेर ३५ वर्षको थियो भने, युवकको घर कटैया चौरी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रारम्भिक अनुसनधान अनुसार युवक नुहाउन गएको बेला डु बे र मृ त्यु भएको प्रहरीको भनाई छ भनेशवको पोस्टमार्टम भएपश्चात यकिन हुने प्रहरीले जनाएको छ ।
हिजो शुक्रबार युवक पोखरीमा डु बे पश्चात प्रहरी, स्थानीय र सस्त्र प्रहरीको टोलीले घण्टौ युवकलाई खोजेका थिए । अबेर राती सम्म नभेटेपछि आज बिहान आफै युवकको ला स पोखरीको माथि तैरिरहेको स्थानीयको भनाई छ ।
केही स्थानीयवासीको अनुसार युवकले मदिरा सेवन गरि पोखरी छेउमा डुलिरहदा युवक पोखरीमा डु बे को थियो ।














Discussion about this post