nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मिथिलाञ्चलमा आँप संस्कृति

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २०, २०७८, ८:०६ मध्यान्ह
मिथिलाञ्चलमा आँप संस्कृति

रामदयाल राकेश।मिथिलाञ्चलमा फलफूल पर्याप्त मात्रामा पाइन्छ। कुनै यस्तो फलफूल छैन जुन यहाँ पाइँदैन। फलफूलको भण्डार नै भने पनि हुन्छ। फलको राजा आँप त यहाँको मुख्य उत्पादन नै हो। सम्पूर्ण तराई–मधेशमा फलफूलको कुनै अभाव छैन। आँप उत्पादनका लागि यो उर्वरभूमि मानिन्छ। यसका लागि मौसम पनि सर्वथा उपयुक्त नै छ। सुगन्धित र स्वादिष्ट फल भएकाले आँपलाई फलहरूको राजाको नामबाट विभूषित गरिएको छ। संसारभरिमा आँप नै यस्तो रसदार फल हो जुन गर्मी हुने देशहरूमा सबैभन्दा लोकप्रिय मानिन्छ। सम्पूर्ण मिथिलाञ्चलमा सदियौंदेखि यसको उत्पादन हुँदैआएको छ। प्राचीन समयमा पनि यसको उत्पादनको पौराणिक प्रमाण पाइन्छ।

भनिन्छ, आँपको उत्पत्ति बर्मा (म्यानमार) र छिमेकी मुलुक भारतको अण्डमान द्वीपमा सर्वप्रथम भएको हो। के पनि भनिन्छ भने पाँचौ शताब्दी इसापूर्वमा बौद्धभिक्षु आफ्नो साथमा आँप मलेसियामा लगेको थियो। छिमेकी मुलुक भारतमा सर्वाधिक आँपको उत्पादन हुन्छ, त्यसपछि छिमेकी मुलुक चीनमा हुन्छ। भारत र चीन अाँपको उत्पादनका लागि विश्वभरमा प्रसिद्ध देश मानिन्छ। पाकिस्तानमा पनि आँपको उत्पादन राम्रो मात्रामा हुन्छ। भारत र पाकिस्तानमा पारस्पारिक सम्बन्ध धेरै राम्रो नभए पनि दुवै देशका राष्ट्रपतिले आँपको आदान–प्रदान गरेर मित्रताको गाँठो गाढा बनाउनमा सक्रिय र सजग रहन्छन्। मिथिलाञ्चलामा त आँपको कोसेली कसिलो सम्बन्धको प्रतीक नै मानिन्छ।

विवाह, ब्रतबन्ध तथा मधुश्रावणी आदि लोकपर्वको अवसरमा यसको आदान–प्रदान आल्हादकारी मानिन्छ। चौठचन्दर लोकपर्वको अवसरमा त इष्टमित्रहरूलाई आमन्त्रित गरेर आँप र पुरी रुचीअनुसार खुवाउने परम्परा अझ जीवित नै छ। मिथिलाञ्चलको गाउँगाउँमा आँपको बगैंचा लगाइएको पाइन्छ। प्राचीनकालमा मानिसहरू धर्म कमाउन पनि आँपको बगैंचा लगाउने गर्दथे। गाउँलेहरू आँपको बगैंचामा गएर पेट र मनभरि आँप नै खाने गर्दथे। अहिले यो प्रशंसनीय परम्परा लुप्त हुँदै गएको  छ। अचेल नयाँ बगैंचा लगाउने परम्परा दिनानुदिन ह्रास हुँदै गएको छ।

बगैंचामा आगन्तुक पुगेपछि आँपको आतिथ्यले नै स्वागत सत्कार गर्ने परम्परा जीवितै छ। यस आतिथ्यमा आत्मीयता पाइन्छ। पारस्परिक भाइचाराको सम्बन्ध सुदृढ हुन्छ। अचेल आँपको फूलबारी सीमित क्षेत्रमा घरको वरिपरि लगाउने गरिन्छ। पहिला पहिला गाउँबाट धेरै टाढा ‘सरेह’मा बगैंचा लगाउने गरिन्थ्यो।  गाउँबाट टाढा ‘सरेह’मा आँप लगाउनु सुरक्षित ठानिँदैन। सबैभन्दा ठूलो समस्या रखवालीको हो। अतः यसको उत्पादनमा पनि क्रमशः ह्रास हुन थालेको पाइन्छ। मिथिलाञ्चलमा सिरहा जिल्ला आँपका लागि प्रसिद्ध मानिन्छ। यहाँ प्रशस्त मात्रामा आँप अझ पनि लगाइएको पाइन्छ। मिथिलाञ्चलको प्राचीन राजधानी र अचेलको प्रदेश नं. २ को राजधानी जनकपुरमा ‘तिरहुतिया गाछी’ र मणिमण्डप आँपको प्रसिद्ध बगैंचा मानिन्थ्यो। तिरहुतिया गाछी त सहरभित्र अवस्थित भएकाले यसको अस्तित्व नै समाप्त भइसकेको छ। आँपको बगैंचा प्राचीन सम्पदामा महत्वपूर्ण मानिन्छ। गर्मीयाममा दिउँसो मानिस त्यहाँ आराम गर्ने गर्दछन्।

थाइल्याण्डका पूर्वराजा भूमिबल अब्दुल्यादेजले त जनकपुरस्थित दुई आँपको रुख पत्ता लगाउन आफ्नी राजकुमारीलाई नै पठाएका थिए। उनले आफ्नो पुस्तक महाजनकको कथामा यस प्रसंगको उल्लेख गरेका छन्। महात्मा गौतम बुद्ध त जनकपुर प्रवासकालमा तिरहुतिया गाछीमै आश्रय लिएका थिए। उनको प्रत्येक रुख विरुवासँग अटूट, अनन्य र अप्रतिम सम्बन्ध थियो। विशेष गरेर आँपको रुख उनलाई खूबै मन पथ्र्यो। आँप अत्यन्त शुद्ध मानिन्छ। यसको फलमात्रै होइन, पात पनि पवित्र मानिन्छ। यसको जरो र डाँठ पनि शुद्ध मानिन्छ। प्रत्येक यज्ञादिमा आँपको कलश राखिने परम्परा छ। अद्यापि मिथिलाञ्चलमा कुनै यज्ञ जप हुँदा आँपको कलश राखिन्छ। यसबाट वातावरण शुद्ध हुन्छ र पर्यावरण पनि प्रदूषित हुनबाट जोगिन्छ।

आँपका विभिन्न नाम
सेनरिया (सिन्दुर रंग) को, दसहरी, चौसा, लखनउआ, मालदह, बम्बइया, लटकमपुर, सकेरा, नकुअवा, जर्दा, सुकुल, सिपिया, केरबा, कोदइया, लडुअवा, बरमासिया र लंगडा यी आँपाका नाम। लंगडा आँपको अनुवाद विश्वको कुनै पनि भाषामा हुन सक्दैन। रसपुरी, नीलम, मालिका आदि प्रमुख छन्। आँपबाट विभिन्न किसिमका खाद्यपदार्थ बनाइन्छ। पाकेको आँपबाट अमरस बनाइन्छ जुन आँपको समय समाप्त भएपछि खानामा प्रयोग गरिन्छ। आँपको अचार त सबै अचारभन्दा मीठो मानिन्छ। आँपको खट्टाइ र चटनी त झन् चर्चित हुन्छ। मित्रराष्ट्रमा आँपबाट ‘आँमश्रीखण्ड’ बनाइन्छ जुन अत्यन्त्य स्वादिष्ट मानिन्छ। आँपको मुराबा त झन् मीठो हुन्छ।

आँपको तरकारी आलसमा पकाइन्छ र खानमा अत्यन्त स्वादिष्ट हुन्छ। अचेल आँपको जुसका साथै यसको सौस पनि तयार गरिन्छ। चामलको विरयानीमा पनि आँपको प्रयोग स्वाद बढाउन गरिन्छ। आँपको पराठा पनि अचेल प्रचलित र उपलब्ध भएको हुन्छ। विश्वका विभिन्न देशमा आँपको प्रयोग आफ्नो स्वाद र सन्तुष्टिका लागि गर्ने गरिन्छ। आफ्नो स्वाद र सन्तुष्टिका लागि गर्ने गरिन्छ। स्याण्डबीच र ब्रेडका साथमा पनि पाकेको आँपको स्लाइस खाने प्रचलन बढ्दै गएको पाइन्छ। पाँचतारे होटेलहरूमा आँपको स्पेशल आइटम उच्चदरमा खुवाउने गरिन्छ। काठमाडौंमा आयोजित पार्टीमा आँपको टुकडा अरू आइटमका साथमा प्रयोग गरिन्छ। यसलाई चम्चाबाट खाने गरिन्छ। आँप पूरा खानाको रूपमा खाने प्रचलन पनि छ। अाँपको मौसम जेठदेखि भदौसम्म रहन्छ। भदौ महिनामा पाक्ने आँपलाई ‘भदैया’ भनिन्छ भने बाह्रै महिना फल्ने आँपलाई ‘बरमसिया’ भनिन्छ।

स्वास्थ्यका लागि आँप
आँप स्वास्थ्यवद्र्धक हुन्छ। यसमा लौह तत्व र विभिन्न भिटामिन सहज र सरल ढंगमा उपलब्ध भएको हुन्छ। रक्तहीनताको स्थितिमा रक्तपूर्तिका लागि यसको प्रयोग गरिन्छ। यसमा पौष्टिक तत्व भरपूर मात्रामा पाइन्छ। गर्भवती महिलाका लागि रक्तपूर्तिको सर्वोत्तम उपाय हो आँप। यो कतिपय रोगसित लड्ने क्षमता प्रदान गर्दछ। यसले भोकलाई पनि बढाउने गर्दछ। चर्मरोगमा पनि उपयोगी यो सर्वोत्तम चेहरालाई चम्किलो बनाउँछ। त्वचालाई कोमल बनाउँछ। यसमा उपलब्ध सेलेनियम हृदय रोगमा फाइदाजनक मानिन्छ। आँप खानाले आँखाको रोशनी पनि बढ्ने गर्दछ।

अन्नपूर्ण पोस्ट बाट

Tags: विचार

Discussion about this post

Related Posts

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

धनुषामा ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८३’ सुरु

धनुषामा ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८३’ सुरु

कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै मटिहानी नगरपालिकाद्वारा ४७ करोड ४५ लाखको बजेट सार्वजनिक

कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै मटिहानी नगरपालिकाद्वारा ४७ करोड ४५ लाखको बजेट सार्वजनिक

पुराना घरहरू भित्र आँगन किन हुन्थ्यो ? वास्तविक कारण छ धेरै रोचक

पुराना घरहरू भित्र आँगन किन हुन्थ्यो ? वास्तविक कारण छ धेरै रोचक

‘धुरन्धर’ सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी

‘धुरन्धर’ सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट

भारतीय एक जनजाती, जहाँ विवाह अगावै युवायुवतीसँगै बस्न पाउँछन्

भारतीय एक जनजाती, जहाँ विवाह अगावै युवायुवतीसँगै बस्न पाउँछन्

कांग्रेस प्रमुख सचेतककाे प्रश्नः चिया पिउन भ्याउनेले चिया किसानको समस्या समाधान किन नगरेकाे ?

कांग्रेस प्रमुख सचेतककाे प्रश्नः चिया पिउन भ्याउनेले चिया किसानको समस्या समाधान किन नगरेकाे ?

रौतहट प्रहरीको ठूलो उपलब्धि : एक महिनामै १ करोड ४३ लाखभन्दा बढीको अवैध सामान बरामद

रौतहट प्रहरीको ठूलो उपलब्धि : एक महिनामै १ करोड ४३ लाखभन्दा बढीको अवैध सामान बरामद

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गर्ने दुई जना पक्राउ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!