काठमाडौं,जेठ २२ गते । सरकारले फेरि तेलको मूल्य बढाएको छ । नेपाल आयल निगमले शनिबार रातिलेखि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य प्रतिलिटर २–२ रूपैयाँले बढाएको हो ।
नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय २५ रूपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ८ रूपैयाँ पुगेको छ । हवाइ इन्धन आन्तरिकतर्फको नयाँ मूल्य प्रतिलिटर ८० रूपैयाँ कायम भएको छ ।
पछिल्लो पटक जेठ २ गते मूल्य बृद्धि गरी पेट्रोलको मूल्य १२३ रुपैयाँ, डिजल र मट्टितेलको १०६ रुपैयाँ र हवाई इन्धनको ७८ रुपैयाँ कायम गरिएको थियो । स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गरे पनि निगमलाई पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ ३३ पैसा, डिजलमा ३ रुपैयाँ ३३ पैसा र एलपी ग्याँसमा २५८ रुपैयाँ ४६ पैसा घाटा रहेको निगमको भनाइ छ ।
निरन्तर बढीरहेको कच्चा तेलको मूल्य एवम् अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको अवमूल्यन हुने क्रम जारी रहने हो भने निगमले आगामी दिनमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिरहनु पर्ने बाध्यता आउन सक्ने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जनाएका छन् ।
















Discussion about this post