जनकपुरधाम।विवाहपञ्चमीको शुभ अवसरमा नेपाल पिछडावर्ग ओबिसी विद्यार्थीसंघको प्रदेश न.२ समितिले नि:शुल्क स्वास्थ शिविरको आयोजना गरेको थियो । संकटमोचन मन्दिर, बारहबिघा उतरपट्टिको प्रदेशद्वार नजिक उक्त शिविरको निर्माण गरेका थिए । उक्त शिविर बाट ११५६ जनाले सहायता तथा औषधि निशुल्क प्राप्त गरेको भन्ने जानकारी अध्यक्ष रवि साहले बताएका छ्न ।

अध्यक्ष रवि कुमार साहको अध्यक्षतामा संचालक भएको शिविरमा श्रधालुको संख्या थोरै रहेको र यस्तो पौराणिक काल देखिको एतिहासिक विवाह महोत्सवमा राजनीति खेलनु कदापि राम्रो नरहेको अध्यक्ष साहले बताए । विवाहपञ्चमीमा रेल संचालन हुने कुरामा सरकार किन सफल हुन सकेन साथै कोरोना (Covid-19) को कुरा हवामा गए तापनि नेपाल-भारत जसको बीच रोटी बेटिको सम्बन्ध रहेको अवस्थामा सिमा नखोलेर मधेसी जनतालाई मार्ने प्रयास नगरिदिन स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार सङ समेत अध्यक्ष साह ले आग्रह गरेको बताए ।अध्यक्ष साहले उक्त कार्यक्रममा औषधि सहयोग गरिदिएको आरुही मेडिकल हल लाई समेत धन्यवाद व्यक्त गरेका छन ।

शिविरमा औषधि, मासक , पिउने पानी तथा प्राथमिक उपचार गर्ने उद्देश्य रहेको थियो ।कार्यक्रममा प्रमुख अतिथिको रुपमा ओबिसी विद्यार्थीसंघको केन्द्रीय अध्यक्ष मोहन ठाकुर, विशिस्ट अतिथिको रूपमा युथ डेभलपमेन्ट सोसाइटीका उपाध्यक्ष विवेक नन्दन कर्ण र अतिथिको रूपमा पुर्शोतम चौधरीको उपस्थिति थियो भने चिकित्सकको रुपमा बिनय यादव , डा. सन्जय झा र सरिता मिश्रको उपस्थिति र सहयोग रहेको थियो ।














Discussion about this post