उमेश कुमार साह,सप्तरी ।सप्तरी सहित तराई मधेसमा बाक्लो हुस्सु र कुहिरोसँगै अत्याधिक चिसो बढेकोले जनजिवन कष्टकर बन्दै गएको छ।मंसिरको अन्तिम सातादेखी सप्तरीमा सहित तराई मधेसमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेको छ । जसका कारण सडकमा हिड्न र सवारी चालकहरुलाई समेत सवारी साधन कुदाउन पनि समस्या हुन थालेको छ ।
सप्तरी सहित तराई मधेसमा आईतबार विहानैदेखी दिनभर नै बाक्लो हुस्सुसँगै कुहिरो लागेको छ । जसको कारण सडकमा आम मानिसहरुको चहलपहल पनि कम देखिएको छ ।बाक्लो हुस्सु र कुहिरो लागेपछि आमसर्वसाधरणहरु सप्तरी सहित तराईका विभिन्न स्थानका चौक तथा ठाँउहरुमा आगो बालेर बस्न थालेका छन् ।
सप्तरीको विभिन्न ठाँउमा आईतबारदेखी अचानक बढेको चिसोको कारण सडकमा बाक्लो लुगा लगाएर मात्र हिड्ने गरेको दृष्य देखिन थालेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार पुष महिनाको अन्तिम साता सम्म नै तराईका विभिन्न स्थानमा बाक्लो हुस्सु र कुहिरो लाग्ने जनाएको छ।हाल तराईका भूभागहरुमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ । जसका कारण बिहानको समयमा राम्रोसँग घाम नलाग्दा तापक्रममा गिरावट आई चिसो नै रहने देखिएकोले चिसोबाट बच्ने उपायहरु अपनाउन आग्रह गरेको छ । पूर्वानुमान महाशाखाले हुस्सु र कुहिरो पश्चिम, मध्य र पूर्वी तराईमा केही दिन सम्म लाग्ने जनाएको छ।
बाक्लो हुस्सु र कुहिरोसँगै अत्याधिक चिसो बढेकोले तराइका जनजिवन कष्टकर बन्दै गएको छ । हुस्सु र कुहिरोले हुने चिसोको प्रभावबाट बच्न मौसम पूर्वानुमान शाखाले बताएका छन।













Discussion about this post