nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश २ : इज्जत जाने डरले बुवाले नै आफ्नो छोरीलाई हत्या गर्न लगाएको खुलासा, बाबुआमासहित ७ जना पक्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर १४, २०७७, ८:३४ मध्यान्ह
प्रदेश २ : इज्जत जाने डरले बुवाले नै आफ्नो छोरीलाई हत्या गर्न लगाएको खुलासा, बाबुआमासहित ७ जना पक्राउ

रौतहट । रौतहटकी १७ वर्षीया अमृताकुमारी साहको हत्यामा संलग्न ७ जना पक्राउ परेका छन्।उनको हत्या भएको झन्डै तीन सातापछि जिल्ला प्रहरी कार्यालय रौतहटले हत्यामा संलग्न ७ जनालाई आइतबार पत्रकार सम्मलेन गरी सार्वजनिक गरेको हो। हत्याका मुख्य अभियुक्त आइतबारमात्रै पक्राउ परेका हुन्।माधवनारायण नगरपालिका–७, लौकाहाका रामअयोध्या साह तेली र उनकी श्रीमती सीतादेवीले आफ्नै छोरी १७ वर्षीया अमृता साहको हत्या गराएको घटना सार्वजनिक भएको हो । प्रेम सम्बन्धमा रहेकी अमृताले प्रेमीसँग भागेर विवाह गर्दा इज्जत जाने डरले उनीहरुले हत्या गराएको तथ्य प्रकाशमा आएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटमा आईतबार आयोजित पत्रकार सम्मेलनमा आरोपित आमा, बाबु र हत्यामा संलग्न अन्य ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मृतक किशोरीका आमाबुवाका अतिरिक्त देवाही गोनाही नगरपालिका–२ करुनिया लक्ष्मिनियाका ६० वर्षीय शेख अलियास, सोही ठाउँका ४० वर्षीय बहुदल भने ईस्लाम अन्सारी, ३५ वर्षीय शेख ईन्ताज, ५० वर्षीय कैमुल देवान र परोहा नगरपालिका–४ का ४५ वर्षीय छोटेलाल साह छन् । किशोरीका आमाबुबाले हत्याको योजना बनाएर अन्य पाँच आरोपितलाई हत्याबापत पैसाको प्रस्ताव गरेको र उनीहरुले पैसा लिएर ती किशोरीको हत्या गरेको प्रहरीले जनाएको हो ।

कसरी भयो घटना ?

अमृता र उनका छिमेकी सोसिन्द्र भगतसँग पछिल्लो तीन वर्षदेखि प्रेम सम्बन्ध थियो । छोरीको प्रेमलाई बेवास्ता गर्दै बाबुआमाले २०७६ असारमा सर्लाही, बिशुनपुर गाउँपालिका–३ का रुपेश साहसँग अमृताको बलपूर्वक विवाह गराएका थिए ।केहीपछि उनको श्रीमान रुपेश साहमाथि धारिलो हतियारले आक्रमण भएको थियो । उक्त घटनामा रुपेशका परिवारले अमृता र उनको प्रेमी सोसिन्द्र भगतविरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता गराएका थिए ।

उक्त घटनापछि अमृता माईतीघर लौकाहामै बस्दै आएकी थिइन् भने गत असारमा श्रीमानसँग औपचारिक रुपमा उनको सम्बन्ध बिच्छेद भएको थियो । माईतीमै बसेकी छोरी अमृता कुनबेला प्रेमी सोसिन्द्रसँग भाग्छिन् र समाजमा हाम्रो इज्जत जान्छ भन्नेमा उनका बाबुआमा चिन्तित रहँदै आएका थिए । बराबरको चिन्ता र इज्जत जाने डरबाट बच्न छोरी अमृतालाई कुनै बहानामा भारतमा लैजाने र परोहाका छोटेलाल साहलाई एकलाख ५० हजार रुपैयाँ दिएर हत्या गराउने योजना रामअयोध्या दम्पत्तीले बनाए । उक्त योजनामा उनीहरुका ज्वाइँ देवाही गोनाही–२, करुनियाका लक्षुमण साहले पनि साथ दिए ।

योजना अनुसार अमृतालाई उपचार गराउने बहानामा सीमावर्ती भारतीय बजारमा केही महिना अघि लगिएको थियो तर त्यहाँ योजना सफल हुन सकेन र अमृता माईतीमै आएर बसिरहेकी थिइन् । यसैबीच बुवा रामअयोध्या साह र ज्वाइँ लक्षुमण साहले इज्जतका लागि भनेर देवाही गोनाही–२ करुनिया लक्ष्मिनियाका कैमुल देवानलाई अमृताको हत्या गर्न एकलाख रुपैयाँको सुपारी दिए ।

मुख्य योजनाकार कैमुलले अन्य अभियुक्तसँग मिलेर गत कार्तिक २६ गते राति आमासँग आफ्नै घरमै सुतिरहेकी अमृतालाई आमा उठेर शौचालय गएको अवसर पारेर कञ्चटमा गोली हानी हत्या गरेका थिए । घटनापछि मृतकका श्रीमान, प्रेमी र परिवारका सदस्यहरुमाथि अनुसन्धान गर्दैजाँदा अपराधी पक्राउ तथा हत्याको योजना बाहिर आएको एसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई जानकारी गराए ।

प्रहरीका अनुसार आरोपित सबैले घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन् । उनीहरुमाथि ज्यान सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट अनुसन्धानका लागि म्याद लिइएको र थप अनुसंधान भइरहेको एसपी शाहले जानकारी दिए ।

–रातोपाटी बाट

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

जनमत पार्टीको अध्यक्षमा पुनः सीके राउत, महासचिवमा सञ्जय यादव निर्वाचित

जनमत पार्टीको अध्यक्षमा पुनः सीके राउत, महासचिवमा सञ्जय यादव निर्वाचित

गंगासागर छठ पूजा समितिको अध्यक्षमा सतीशकुमार लाल दास निर्वाचित

गंगासागर छठ पूजा समितिको अध्यक्षमा सतीशकुमार लाल दास निर्वाचित

प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्य गर्दै नयाँ संविधान निर्माणको प्रस्ताव

प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्य गर्दै नयाँ संविधान निर्माणको प्रस्ताव

जसपाका चार नेताले छाडे उपेन्द्र यादवकाे साथ, ‘हुंकार मधेश’ अभियानमा जाेडिए

जसपाका चार नेताले छाडे उपेन्द्र यादवकाे साथ, ‘हुंकार मधेश’ अभियानमा जाेडिए

किरायामा बसेकी महिलासँग सम्बन्धपछि दाजुभाइको मृत्यु, सिंगो गाउँमा त्रास

किरायामा बसेकी महिलासँग सम्बन्धपछि दाजुभाइको मृत्यु, सिंगो गाउँमा त्रास

‘जेलर २’ १ हजार करोड भारु कमाउने पहिलो तमिल चलचित्र बन्ने संकेत

‘जेलर २’ १ हजार करोड भारु कमाउने पहिलो तमिल चलचित्र बन्ने संकेत

दुबई-तेल अवीव उडान दुर्घटना गराउने प्रयास: को हुन् आरोपी सह-पाइलट हमाम अल-हमामी?

दुबई-तेल अवीव उडान दुर्घटना गराउने प्रयास: को हुन् आरोपी सह-पाइलट हमाम अल-हमामी?

धनुषाको हँसपुर नगरपालिका वडा न- ८ का वडा अध्यक्षको निधन

धनुषाको हँसपुर नगरपालिका वडा न- ८ का वडा अध्यक्षको निधन

धान खेतमा बिछ्याइएको खुला तारमा करेन्ट लागेर सीतामढीमा तीनको मृत्यु, दुईजना घाइते

धान खेतमा बिछ्याइएको खुला तारमा करेन्ट लागेर सीतामढीमा तीनको मृत्यु, दुईजना घाइते

स्रोत नखुलेको एक लाख आठ हजार भारुसहित दुईजना भारतीय पक्राउ

पोखरीमा घोप्टो अवस्थामा भेटिए २८ वर्षीय युवकको शव, मृत्युको कारण खोज्दै प्रहरी

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि