जनकपुरधाम । धनुषामा एकजना महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् ।जनकपुरधाम उपमहानगरपालिका-७ बेलाकुटीमा कोठा भाडा लिएर बस्दै आएकी महिला बिहीबार मध्यान्ह मृत फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रका अनुसार मृत महिलाको नाम रेखा रहेको र उनी बारा कलैया घर भई हाल जनकपुरमा डेरा लिई बस्दै आएकी थिइन।उनले भने– ‘शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिन्छ । हामी अनुसन्धान गर्दैछौँ ।’
घटना पछि मृतकका श्रीमान राजेश भने फरार रहेको र उनको खोजी जारी रहेको प्रवक्ता मिश्रले बताए । घटनाका बारेमा थप अनुसन्धान भैरहेको उनले बताए ।
Discussion about this post