nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरकि एसिड पीडित आरती भन्छिन् : पहिला पनि मट्टीतेल खन्याएका थिए

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर १, २०७७, ५:४५ मध्यान्ह
जनकपुरकि एसिड पीडित आरती भन्छिन् : पहिला पनि मट्टीतेल खन्याएका थिए

जनकपुरधाम । २१ वर्षीया आरती साहलाई यसपटक दीपावलीको रमझमले छोएन । जनकपुर स्थायी घर भएकी उनी तीन वर्षीया छोरीसंगै कीर्तिपुर अस्पतालमा छटपटाइरहेकी छिन् । एसिड लागेर उनको शरीरको आधा भाग चलेको छ । छोरी रियाको शरीरमा पनि एसिड परेको छ ।

आमा–छोरीलाई यो अवस्थामा पुर्‍याउने अरु कोही नभएर जीवनभरि साथ दिने कसम खाएका आरतीकै श्रीमान सञ्जीव साह हुन् ।

‘एकातिर मेरो भाइ र अर्काेतर्फ मेरो बहिनी उभिएकी थिइन् । म बीचमा थिएँ । उनी एक्कासी गिलास लिएर आए । मैले गिलासभित्र पानी होला भन्ने ठानें । तर, उनले मेरो जीऊमा खन्याएर भागे ।’

गत बिहीबार बिहानको त्यो पीडादायी घट्नाबारे आरतीले भनिन् ‘गिलासमा एसिड ल्याएको छ भन्ने थाहा पाएकी भए सतर्क हुन्थेँ ।’

एसिड आक्रमणपछि तत्कालै आमा छोरीलाई जानकी हेल्थ केयरमा उपचारका लागि भर्ना गरिएको थियो । आरतीको अवस्था गम्भीर भएकाले चिकित्सकहरूले कीर्तिपुर अस्पताल रेफर गरेका थिए ।

एसिड फ्याँकेर फरार भएका सञ्जीवलाई प्रहरीले शनिबारै पक्राउ गरिसकेको छ ।

करेन्ट लगाउनेदेखि मट्टीतेल खन्याएर आगो लगाउनेसम्मको यातना

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७, जानकीनगर माइती भएकी आरतीको ४ बर्षअघि जनकपुर–२०, रुपैठाका सञ्जीवसँग सामाजिक परम्पराअनुसार विवाह भएको थियो ।

विवाह भएकै समयदेखि सञ्जीव रक्सी पिएर आउने र आफूलाई कुट्पिट गर्न थालेको आरती बताउँछिन् । बारम्बार यातना दिँदा पनि घरमै सहेर बसेको उनले बताइन् ।

तर, सञ्जीवका पिताले समेत आफूमाथि गलत नजर राख्न थालेपछि घर छाड्न बाध्य भएको उनी बताउँछिन् । ‘छोरी एक बर्षको हुँदा नै ससूराले आफूमाथि गलत नजर लगाउन थाले’ उनले भनिन्, ‘एकातिर पतिले कुटपिट गर्दै यातना दिने र ससुराले गलत दृष्टिले हेर्न थालेपछि घर छाड्न बाध्य भएँ ।’

यातना सहन नसकेपछि आरतीले माइती नजिकै आएर कोठा भाडामा लिएर बस्न थालिन् ।

‘कोठा भाडामा लिएर कहिले तरकारी त कहिले अन्य सामान बेच्दै आफ्नो र छोरीको गुजारा चलाउँदै आएको थिएँ’ आरतीले रुँदै भनिन्, “तर सञ्जीवले कोठामा आएर पनि कुटपिट गर्न छाडेनन् ।”

यहीं कोठामा आएर सञ्जीवले आफूलाई एक दिन करेन्ट लगाएको र अर्काे दिन मट्टितेल खन्याएर आगो लगाउने प्रयास गरेको आरती बताउँछिन् ।

यो विषयमा उनले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपनि प्रहरीले ध्यान नदिएको आरतीको गुनासो छ । ‘एक दिन कुटपिट गरिरहेकै समयमा प्रहरीलाई खबर गर्दा जिरोमाइलबाट प्रहरी पुगेर सञ्जीवलाई सम्झाएर छाडेका थिए’ आरतीकी आमा सुनितादेवीले भनिन्, ‘मेरो छोरी एक्लै बस्न थालेपनि यातना दिने काम रोकिएन ।’

छोरीलाई न्याय दिलाइदिन र उपचारमा समेत सहयोग गरिदिन सुनीतादेवीले आग्रह गरिन् ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

फुटपाथमै महिलाले बच्चा जन्माएको घटना छानबिन गर्न स्वास्थ्यमन्त्रीले टोली पठाइन् राजविराज

फुटपाथमै महिलाले बच्चा जन्माएको घटना छानबिन गर्न स्वास्थ्यमन्त्रीले टोली पठाइन् राजविराज

कुमार बेनको निवासबाट बालेन सरकार चलेको भन्दै संसदमा जंगिए अमरेश

कुमार बेनको निवासबाट बालेन सरकार चलेको भन्दै संसदमा जंगिए अमरेश

मध्यराति प्रेमिका भेट्न पुगेका युवकलाई गाउँलेले समातेर मन्दिरमा विवाह गराए

मध्यराति प्रेमिका भेट्न पुगेका युवकलाई गाउँलेले समातेर मन्दिरमा विवाह गराए

पर्सामा घरमा राखेको १७ किलो गाँजासहित ७० वर्षीय वृद्ध पक्राउ

पर्सामा घरमा राखेको १७ किलो गाँजासहित ७० वर्षीय वृद्ध पक्राउ

अदालतमा मिलापत्र भएको तीन वर्षसम्म पनि जग्गा फुकुवा भएन, अंश विवादमा भाइको गुनासो

अदालतमा मिलापत्र भएको तीन वर्षसम्म पनि जग्गा फुकुवा भएन, अंश विवादमा भाइको गुनासो

कृष्णभीरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग भदौभित्रै सञ्चालनमा आउने

कृष्णभीरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग भदौभित्रै सञ्चालनमा आउने

अस्पतालले भर्ना नलिँदा फुटपाथमै बच्चा जन्माएको विषय संसदमा उठ्यो, रास्वपा सांसदहरू आक्रोशित

अस्पतालले भर्ना नलिँदा फुटपाथमै बच्चा जन्माएको विषय संसदमा उठ्यो, रास्वपा सांसदहरू आक्रोशित

ओमान ६० रनमै अलआउट, नेपालले युएईसँग फाइनल खेल्ने

ओमान ६० रनमै अलआउट, नेपालले युएईसँग फाइनल खेल्ने

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

वन अधिकृत रहेको भन्दै युवतीलाई प्रेममा पारेर ठगी गर्ने युवक पक्राउ

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि