भारतको राजस्थानको करौली जिल्लाको बुकाना गाउँमा भएको जमिनको विवादका क्रममा पुजारीलाई पेट्रोल छर्केर आगो लगाएर जिउँदै जलाइएको छ।
जलेर घाइते पुजारीको उपचारका क्रममा बिहीबार राति मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। घटनास्थल करौली जिल्ला सदरमुकामबाट ४ किलोमिटरको दूरीमा पर्छ ।करौली प्रहरीका अधिक्षक मृदुल कच्छावाका अनुसार पाँच जनाविरुद्ध पुजारी बाबुलाल वैष्णवलाई त्यसरी जिउँदै जलाएको आरोप लागेको छ।
आरोपितमध्ये मुख्य अभियुक्त कैला मिणालाई पक्राउ गरिएको पनि अन्य फरार भएका छन् । उनीहरुको खोजी भइरहेको करौली प्रहरीले जनाएको छ।
बिबिसी हिन्दी
Discussion about this post