nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

असोज २ गतेबाट सुरु हुँदै मलमास,त्यो बेला गर्नै हुँदैन् यस्ता काम

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ३०, २०७७, ७:१५ मध्यान्ह
असोज २ गतेबाट सुरु हुँदै मलमास,त्यो बेला गर्नै हुँदैन् यस्ता काम

काठमाडौं ।यस वर्ष असोज २ गते शुक्रबारबाट ३० गते शुक्रबारसम्म मलमास अथवा अधिकमास परेको नेपाल पञ्चाङ निर्णायक समितिले जनाएको छ ।

ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउने गर्छ । एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास भनिन्छ ।

महिनामा दुई वटा सङ्क्रान्ति पर्‍यो भने क्षयमास भनिन्छ । ज्योतिषका विद्वान् भास्कराचार्यले आफ्नो ग्रन्थ सिद्धान्त शिरोमणिमा मलमास र क्षयमासको स्पष्ट परिभाषा दिएका छन् ।

असङ्क्रान्तिमासोऽधिमासः स्फुटः स्याद् ।
द्विसङ्क्रान्तिमासः क्षयाख्यः कदाचित् ।।

अर्थात् सङ्क्रान्ति नभएको महिना अधिकमास वा मलमास हो । दुईवटा सङ्क्रान्ति भएको महिना क्षयमास हो । क्षयमास भने कहिले कहिले मात्र हुने गरेको छ । यसअघि क्षयमास २०२० सालमा परेको वास्तुशास्त्री शिवप्रसाद पोखरेलले जानकारी दिए ।

क्षयमास कात्तिक, मङ्सिर र पुसमा पर्छ । यसमा पनि बढीजसो मङ्सिर र पुसमा क्षयमास पर्ने गर्छ । कात्तिक महिनामा भने क्षय र अधिकमास दुवै पर्न सक्छ । माघमा भने क्षय र अधिकमास दुवै पर्दैन । बाँकी ८ महिनामा अधिकमास पर्न सक्छ ।

क्षयमास हुने वर्ष दुई अधिकमास नियमितसमेत पर्छन् । यी अधिकमास क्षयभन्दा तीन महिना अगाडि वा पछाडि हुन्छन् । क्षयभन्दा पहिले हुने अधिकमासलाई ‘संसर्प’ र पछि हुने अधिकमासलाई ‘अंहस्पति’ भनिन्छ । सबै मासको देवता हुन्छन् ।

मलमास महिनाको देवता नभएपछि मलमास रुदै भगवान् श्रीकृष्णसँग पुगेर आफूलाई अशुभ मास भनी सबैले हेलाँ गरेको गुनासो गरेका छन् । गुनासो सुनेर भगवान् श्रीकृष्णले नै मेरै नामबाट तिमीलाई अब सबैले चिन्नेछन् भनी पुरुषोत्तममासको नाम दिएको पुरुषोत्तममास माहात्म्य नामक ग्रन्थमा उल्लेख छ ।

मलमासमा के गर्ने ? के नगर्ने ?

मलमास अर्थात् अधिकमासमा नित्य कर्म पूजा, पाठ, जप, ध्यान गर्न हुन्छ । नित्य बसिरहेको व्रत गर्नुहुने विभिन्न शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिए । पहिल्यैदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको शुरुआत् गर्नु नहुने नियम रहेको छ ।

मलमासको समयमा महादान, माङ्गलिक कार्य अर्थात विवाह, व्रतबन्ध, गृहनिर्माण, गृह प्रवेशजस्ता गर्नु हुँदैन । यसैगरी गर्भाधान गर्नु हुँदैन, पहिले नै गर्भ रहेको भए दोष लाग्दैन ।

नवविवाहित श्रीमान् श्रीमतीले मलमासलाई छल्नु पर्छ भन्ने परम्परा पनि गर्भाधान गर्नु हुँदैन भन्ने मान्यतामै आधारित रहेको धर्मशास्त्रविद्को भनाइ छ । बृहस्पति र शुक्र अस्त भएका बेला गर्न नहुने जति कर्म मलमासमा पनि गर्नुहुँदैन ।

मच्छेनारायण मेला

रत्नपार्कबाट करिब ८ किमी दक्षिणपश्चिम भेगमा पर्ने मत्स्यनारायण मन्दिरमा मलमासका समयमा मेला लाग्ने गर्छ। यहाँ मत्स्यनारायणको प्रस्तर मूर्ति छ । मलमासमा १ महिना लामो मेला लाग्ने भएपनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण स्थगित गरिएको छ ।

मलमासको अवधिभर मच्छेनारायणमा टाढा टाढाबाट लाखौँ भक्तजन दर्शनका लागि आउने गरेकामा यस वर्ष चन्द्रागिरि नगरपालिकाले मेला नगर्ने निर्णय गरेको छ ।

मलमास अवधिभर कीर्तिपुरबाट चार किमी दक्षिणमा पर्ने मच्छेनारायण मन्दिरमा नारायणको पूजा र पुरुषोत्तम माहात्म्य वाचन हुने गरेकामा यस वर्ष घरघरमै मच्छेनारायण पूजा एवं पुरुषोत्तममास माहात्म्य वाचन गर्न नगरपालिकाले अनुरोध गरेको नगर प्रमुख घनश्याम गिरीले जानकारी दिए ।

यो महिनामा भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त गरिने विभिन्न धर्मग्रन्थमा उल्लेख गरिएको छ । सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार मच्छेनारायण मन्दिरमा छ । माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शङ्ख, चक्र, गधा र पद्म लिएको मूर्ति देख्न सकिन्छ ।

भगवान् विष्णुले दश अवतार लिँदा सबभन्दा पहिले मत्स्य शरीर धारण गरे । मत्स्यरुपी भगवान्ले प्रलयकालमा समुद्रमा डुङ्गाको काम गरी वेदलाई सुरक्षा गर्नुभएको पुराणमा उल्लेख छ ।

चार नारायणको दर्शन गर्ने उद्देश्य बोकेका भक्तजनले मत्स्यनारायण मन्दिरको दर्शन गर्न छुटाउँदैनन् । मलमासबाहेक नववर्ष लगायत जनैपूर्णिमाको दिनमा पनि मत्स्यनारायणको दर्शन गर्न भक्तजनको घुइँचो लाग्ने गरेको छ । मत्स्यनारायण नाम भए पनि जनजीवनमा शब्दको प्रयोग गर्दा अपभ्रंश भई मच्छेनारायण भन्ने गरिएको छ ।

वेदको रक्षा गर्न मत्स्यरुपमा भगवान् विष्णु

मत्स्य अवतारका विषयमा प्रचलित किम्बदन्ती यस्तो छ । प्राचीन कालमा सत्यव्रत नाम गरेका राजाले नदीमा मत्स्य अवतारको सर्वप्रथम दर्शन पाएका हुन् ।

सानो माछाले आफ्नो रक्षार्थ बिन्ती गरेपछि राजाले आफ्नो कमण्डलुमा राखेका थिए । कमण्डलुमा माछा अटाएन । माछालाई क्रमशः तलाउ अनि समुन्द्रमा राख्दा आकार बढ्दै गएको गयो । राजाले भगवान् विष्णुको अवतार बुझेर मत्स्य अवतारको पूजा गरे ।

पृथ्वी प्रलयको समयमा मत्स्य अवतारले जलमग्न पृथ्वीमा सानो डुङ्गामा बीउबिजनसहित सप्तर्षि अनि राजा सत्यव्रतको रक्षा गरेको कुरा विभिन्न पुराणमा उल्लेख छ । हयग्रिव नाम गरेको राक्षसले वेदलाई चोरेर समुद्रमा लुकाएको थियो । भगवान् मत्स्यले हयग्रिवलाई मारेर वेदको पनि उदार गरेको विश्वास गरिन्छ ।

यस वर्ष पितृपक्ष सकिएर दुर्गापक्ष शुरु हुने औँसीदेखि नै मलमास लाग्ने भएकाले नेपालीको महान् चाड बडादशैँ एवं तिहार एक महिना ढिला हुने भएको छ । असोज ३० गते मलमास सकिएपछि कात्तिक १ गते घटस्थापना गरी दशैँ शुरु हुनेछ । मलमासका कारण दशैँपछिका सबै चाडवाड ढिला हुनेछन् ।

यसअघि २०७५ जेठ महिनामा अधिकमास परेको थियो । असोज महिनामै अधिकमास भने विसं २०५८ मा परेको थियो । १९ वर्षपछि फेरि असोज महिनामै मलमास परेको छ ।

असोज महिनामा पर्ने मलमासमा दक्षिणी देशमा सङ्घर्ष हुने ज्योतिषशास्त्रको ग्रन्थ संवत्सर संहितामा उल्लेख गरिएको ज्योतिषी पोखरेलले जानकारी दिए । मलमासमा विशेष गरी भगवान् पुरुषोत्तमको पूजा आराधना गरी मालपुवा दान गरे पुण्य मिल्ने धार्मिक विश्वास छ ।

देशसञ्चार

Tags: धर्म संस्कृति

Discussion about this post

Related Posts

धनुषाको औरही गाउँपालिकाले ल्यायो रु. ३७ करोड २७ लाख ८४ हजारको बजेट

धनुषाको औरही गाउँपालिकाले ल्यायो रु. ३७ करोड २७ लाख ८४ हजारको बजेट

धनौजी गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ६० करोड ६५ लाख ५७ हजारको बजेट प्रस्तुत

धनौजी गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ६० करोड ६५ लाख ५७ हजारको बजेट प्रस्तुत

महोत्तरीमा भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी दुईदिने आवासीय कार्यशाला सुरु

महोत्तरीमा भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी दुईदिने आवासीय कार्यशाला सुरु

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

रास्वपाको केन्द्रिय सदस्यका लागि मतदान हुदैँ

रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, साँझ साढे ७ बजेबाट मतदान

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

करोडौं खर्चेर गरेर पाेखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पकाे सपना असफल

करोडौं खर्चेर गरेर पाेखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पकाे सपना असफल

‘किसिङ हिरो’ इमरान हासमी ५ बर्ष पछि हरर फिल्ममा देखिने

‘किसिङ हिरो’ इमरान हासमी ५ बर्ष पछि हरर फिल्ममा देखिने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!