काठमाडौं । अब भने केन्द्रीय बैंकले नीतिगत निर्णय गरेर नै जुनसुकै बैंकको एटीएम प्रयोग गर्दा पनि अतिरिक्त शुल्क नलाग्ने व्यवस्था गर्ने भएको हो। यसअघि नेपाल राष्ट्र बैंकले कोरोनाको त्रास रहुन्जेलका लागि मात्रै यो व्यवस्था लागू गर्न बैंकहरुलाई निर्देशन दिएको थियो ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति आज सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाका एटीएमको कारोबारबीच अन्तरआवद्धता हुने व्यवस्था गरिने बताए। “कोभिड–१९ को असर रहेसम्मको लागि एक संस्थाको एटीएम कार्ड अर्को संस्थाको एटीएममा प्रयोग गरेमा शुल्क नलाग्ने व्यवस्था मिलाइने छ”, मौद्रिक नीतिमा उल्लेख छ।
लकडाउन खुलेपछि पुनः शुल्क लिन थालिएपनि राष्ट्र बैंकले कोरोना महामारीको बेलासम्म भन्दै निःशुल्क गर्न मौद्रिक नीतिमै व्यवस्था गरिएको थियो ।ग्राहकको भिड कम गर्न र डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भन्दै यस्तो निर्देशन गरिएको राष्ट्र बैंकले बताएको छ ।
Discussion about this post