विसुनदेव सरदार/लहान/आसार ७ गते।बदलिँदो जिवनशैली र परिवेशले आधुनिकता नेपालमा भित्राएता पनि पहिरन र लवजमा धेरै परिवर्तन देखा परेका छन् । आफुलाई विकासप्रेमी बनाउने नेता ,मन्त्री र फेसबुककिया सस्तो लोकप्रियतामा रमाउने प्रदेश नं २ का पूर्व मन्त्री सुरेश मण्डल जस्तो राजनीतिक कर्मिका कारण अाम जनताले कठिनाई महसूस गरिरहेको अवस्था छ ।सरकार ढाल्ने र बनाउने खेलमा लागेका अाम पार्टी संघठन र राजनेताले कार्यक्रममा अाम नेपालीलाई उपस्थित गराएर स्वागत लिन पल्केका हाम्रा देशका नेतालाई किन लक डाउन लाग्दैन ?

कमिसन र भ्रष्टाारमा लिप्त भएर बनाइएका प्रख्यात सडकको वास्तविक अवस्था आज लोकतन्त्र सम्म आइपुग्दा स्तर उन्नती नहुनु र विडम्बाना मानिन्छ । समायमा विचार नगर्ने आषाढ लागेपछि कमिसनमा बजेट पास गराउन तल्लीन नेताहरुको रवैया आज कास्कीको पोखरा महानगरपालिका वडा नं २६ खराने चोकको मूल सडक जीर्ण अवस्थामा रहेको छ जहाँका माननीय हुनुहुन्छ खगराज अधिकारी । सडकको सास्ती र पिडा एकातिर अर्कोतिर पर्यटकिय नगरी कहालीलाग्दो पिडाभित्र रुमलिएको बस्तीको यो अबस्था हेर्दा नेपालमा विकास कहाँसम्म ?
पुर्व प्रधानम्त्री गर्ने गिरिजाप्रसाद कोइराला अर्थात् नेपाली राजनीतिको उर्वर भूमि मानिने मोरङ जिल्लाको रतुवामाई ४ को सडकमा धान रोप्न मिल्ने माननीय य मिनेन्द्र रिजालको सडकमा विकासको अवस्था हेर्दा उनीहरू जनताप्रति उत्तरदायी नभएको स्पष्ट बुझ्न सकिन्छ ।
नेपालका अधिकांश भागमा सडकको वास्तविक अवस्था जीर्ण भएको कारण अकालमा ज्यान गुमाएका थुप्रै जीवन्त समाचार सम्प्रेषण भएको छ । आपसी विवादको निरूपण गर्दै विकासमा योगदान दिन आजको आवश्यकता महसुस गरिएको छ ।





















Discussion about this post