nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रक्सी र चुरोटमा बढ्यो कर, हेर्नुहोस कुनमा कति बढ्यो ?

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १६, २०७८, ९:४४ बिहान
कोरोनाबाट अति प्रभावित व्यवसायको आयमा १ प्रतिशत मात्रै आयकर लाग्ने

काठमाडौं,जेठ १६ गते। आगामी आर्थिक बर्ष २०७६/०७७ को बजेटले मदिरा तथा सुर्तिजन्य वस्तुमा कर बढाएको छ । बिहीबारदेखि मदिरा र सुर्तिसेवन गर्नेले बढी मूल्य तिर्नुपर्ने छ । नेपालमा मदिरा तथा सुर्तिजन्य अधिकांश बस्तुहरु स्वदेशमा उत्पादनका अतिरिक्त विदेशबाट पनि ठूलो परिमाणमा आयात हुने गरेको छ । त्यस्ता बस्तुको भन्सार र अन्तः शुल्क कर बढेपछि मदिरा बिक्रि मूल्य बढेको हो ।

अल्कोहल रहित वियरको मूल्यमा प्रतिलिटर १७ रुपैयाँ अन्तःशुल्क करको भार थपिएको छ । इनर्जी ड्रिक्समा प्रतिलिटर ३० रुपैयाँ, जौँबाट बनेको वियरमा प्रतिलिटर १६५ रुपैयाँ कर थपिएको छ । त्यस्तैगरी, १२ प्रतिशत अल्कोहल भएका वाइनहरुको पैठारीमा प्रतिलिटर ३७० रुपैयाँ अन्तः शुल्क कर लाग्ने भएको छ ।

१७ प्रतिशतभन्दा बढी अल्कोहल भएका वाइनको पैठारीमा ४३० रुपैयाँ कर वृद्धि भएको छ । स्वदेशमा उत्पादित फलफूल र तीनको सारबाट बनेका १२ प्रतिशतसम्म अल्कोहल भएका स्वदेशी वाइनमा प्रतिलिटर १३५ रुपैयाँ कर थपिएको छ । छ्याङ (कन्ट्री वियर) को प्रतिलिटरमा ३५ रुपैँया मूल्य बढेको छ ।

सेम्पेन, सेरी, मिड, पेरी र विदेशमा उत्पादित साइडरको प्रतिलिटरमा ४३० रुपैयाँ मूल्य अभिवृद्धि भएको छ । स्वदेशमा उत्पादित साइडरमा भने प्रतिलिटर १८० रुपैयाँ मूल्य बढेको छ । अन्य साइडरको मूल्य पनि प्रतिलिटर ४३० रुपैयाँले वृद्धि भएको छ । त्यस्तै, ८० प्रतिशत घनत्व भएका अल्कोहल शक्ति वा क्षमता भएका अन्डिनेचर्ड इथाइल अल्कोहल प्रतिलिटरमा ६० रुपैयाँ मूल्य अभिवृद्धि भएको छ ।

वाइन तथा ब्राण्डीको कच्चा पदार्थको रुपमा प्रयोग हुने पदार्थका मादक पदार्थको प्रतिलिटर मुल्यमा १६५ रुपैयाँ थपिएको छ । १५ युपी शक्तिको (४८.५ प्रतिशत अल्कोहल शक्ति भएका) वस्तुको मूल्यमा प्रतिलिटर १ हजार ३२५ रुपैयाँ मूल्य वृद्धि भएको छ ।

तयारी मदिराजन्य वस्तुको मूल्यमा प्रतिलिटर १ हजार ५६० रुपैयाँ मूल्य बढेको छ । ह्विस्किका लागि प्रयोग हुने कच्चा पदार्थका मुल्यमा प्रतिलिटर १६५ रुपैयाँ अन्तशुल्क कर थपिएको छ । उखु कुहाएर बनाइएको रम र अन्य स्प्रिट प्रतिलिटर १६५ रुपैयाँ मूल्य अभिवृद्धि भएको छ ।

जीन र जेनेभाको कच्चा पदार्थको रुपमा प्रयोग हुने मादक द्रबहरुको मूल्यमा पनि कर लागेको छ । त्यस्ता मादक पदार्थको मूल्यमा १६५ रुपैयाँ प्रतिलिटरका दरले कर थपिएको छ । तयारी मादक पदार्थको मूल्यमा क्रमशः १ हजार ५६०, १ हजार ३१५ रुपैयाँ मूल्यवृद्धि भएको छ । त्यस्तै, भोड्काको कच्चा पदार्थको रुपमा प्रयोग मादक द्रबहरुको मूल्य प्रतिलिटर १६५ रुपैयाँ अभिवृद्धि भएको छ ।

१५ र ३० युपी शक्ति क्षमता भएका अल्कोहल भोड्काको मूल्य क्रमशः प्रतिलिटर १ हजार ३२५, ९२० रुपैयाँ मूल्य अभिवृद्धि भएको छ । त्यस्तै, १५ र ३० यूपी अल्कोहल क्षमता भएका तयारी भोड्का मदिराको मूल्य प्रतिएलपी क्रमशः १ हजार ५६०, १ हजार ३५० रुपैँया मूल्य बढेको छ ।

आयातित मदिरामा हकमा भने अल्कोहलको मात्रामा एक प्रतिशतसम्म फरक भएमा सोही दरबन्दी लाग्ने आर्थिक विधेयकमा उल्लेख छ । एक प्रतिशतभन्दा बढी फरक भएमा नजिकको उच्चदरको दरबन्दीअनुसार अन्तः शुल्क लगाई असुल उपर गरिने विधेयकमा भनिएको छ ।

यता, धुम्रपानजन्य वस्तुको आयातमा पनि अन्तः शुल्क कर लगाइएको छ । जस्का कारण त्यस्ता वस्तुको मूल्य बढेको छ । सुर्तीजन्य वस्तुको मूल्यमा प्रतिकिलोग्राम ९५ रुपैयाँ मूल्य वृद्धि भएको छ । सुर्ती, सिगार, चुरोट र सानो सिगारमा प्रतिकिलोग्राम १७ रुपैयाँ अन्तः शुल्क वृद्धि भएको छ ।

फिल्टर नभएको चुरोटमा प्रति एम ४९५ रुपैयाँ वृद्धि भएको छ । फिल्टर भएको ७० मिमि लम्बाइ भएको चुरोटको प्रतिएम ११३५ रुपैयाँ वृद्धि भएको छ । ८५ मिमि भन्दा बढि लम्बाइ भएको चुरोटको प्रतिएम मूल्य २७१५ रुपैयाँ अन्तः शुल्क कर थपिएको छ ।

त्यस्तै, तयारी बिडी प्रतिएम मुल्य ९० रुपैयाँ बढेको छ । सबै प्रकारका चुरोट(सिगार) को मूल्यमा प्रतिखिल्ली १७ रुपैयाँ मूल्य बढेको छ । पाइप टोबाको प्रतिकिलोग्राम १ हजार ३३५ रुपैयाँ मूल्य वृद्धि भएको छ । चुरोट र विडीका लागि प्रशोधित सुर्तीमा प्रतिकिग्रा मूल्य २७५ रुपैयाँ अन्तः शुल्क कर लगाइएको छ ।

Tags: देशको खबर

Discussion about this post

Related Posts

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!