nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

देशमा बिपत्ति छ, कांग्रेस महाधिवेन केही पर सार्न उपयुक्त: नैनसिंह महर

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २१, २०८३, ९:४७ मध्यान्ह
देशमा बिपत्ति छ, कांग्रेस महाधिवेन केही पर सार्न उपयुक्त: नैनसिंह महर

काठमाडौं/भदौं २१ गते। नेपाली कांग्रेसका नेता एवं ‘देश र कांग्रेस जोड्ने अभियान’का अभियन्ता नैनसिंह महरले विपत्तिको यो घडीमा नेपाली कांग्रेसले महाधिवेशनभन्दा माथि उठेर देश र जनताको पीडालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

देविघाट,त्रिसुली लगायत बाढी,पहिरोले संकट निम्त्याएको क्षेत्र गएर राहत,उद्धार बाट काठमाडौं फर्किए पछि कांग्रेसका सम्पर्क समितिका सभापतिहरु संगको छलफलमा नेता महरले भोटेकोसीलगायत देशका विभिन्न क्षेत्रमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति हुनुका साथै वर्षायामका कारण अधिकांश सडक तथा यातायातका मार्ग अवरुद्ध रहेको अवस्थामा १५औँ महाधिवेशन केही समय पछि सारेर भए पनि पार्टीभित्र समग्र एकता निर्माण गर्नुपर्ने धारणा राखेका छन ।

महरले भने “आज हजारौँ नेपाली नागरिक विपत्तिमा छन्। कतै घर बगेका छन्, कतै परिवारले आफन्त गुमाएका छन्, कतै गाउँ नै सडक सञ्जालबाट विच्छेद भएको छ। यस्तो संवेदनशील अवस्थामा कांग्रेसको सम्पूर्ण ध्यान महाधिवेशनको जोड–घटाउमा होइन, पीडित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा केन्द्रित हुनुपर्छ।”

रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढी तथा पहिरोले जनजीवन नराम्ररी प्रभावित भएको उल्लेख गर्दै उहाँले विपत्तिको समयमा राजनीतिक दलको वास्तविक परीक्षा हुने बताए।

उनले महाधिवेशनलाई अनिश्चितकालसम्म सार्ने नभई दशैँपछि सम्पन्न हुने गरी केही समय मिति परिवर्तन गर्न सकिने प्रस्ताव अघि सारेका हुन् ।

यसले एकातर्फ विपत्तिमा परेका नागरिकलाई राहत तथा पुनर्स्थापनामा कांग्रेसलाई प्रभावकारी रूपमा परिचालन गर्न सकिने र अर्कोतर्फ पार्टीभित्र देखिएका असन्तुष्टि, दूरी र विभाजनलाई संवादमार्फत सम्बोधन गर्दै बृहत् एकताको वातावरण निर्माण गर्न पर्याप्त समय मिल्ने उनको भनाइ छ।

“महाधिवेशन व्यक्तिको जित–हार तय गर्ने अवसर मात्र होइन, कांग्रेसको भविष्य तय गर्ने ऐतिहासिक क्षण हो। त्यसैले हतारमा महाधिवेशन गरेर पार्टीलाई अझ विभाजित बनाउनु भन्दा केही समय लिएर सबैलाई समेट्ने, मन मिलाउने र कांग्रेसलाई एकताबद्ध बनाउने बाटो रोज्नु बुद्धिमानी हुन्छ,” महरले भने ।

महरले कांग्रेसभित्रको एकता कुनै गुट वा व्यक्तिको स्वार्थका लागि नभई लोकतन्त्र, संविधान र देशको भविष्यका लागि आवश्यक रहेको स्पष्ट पारे।

उनले भने, आज कांग्रेसलाई कुर्सीको होइन, एकताको आवश्यकता छ; प्रतिस्पर्धाको होइन, सहकार्यको आवश्यकता छ। देश संकटमा रहेका बेला कांग्रेसभित्रै विभाजनको राजनीति गरेर जनताको विश्वास जित्न सकिँदैन। त्यसैले सबै नेताहरूले व्यक्तिगत र गुटगत स्वार्थभन्दा माथि उठेर एकताको पक्षमा निर्णायक कदम चाल्नुपर्छ।
विपत्तिमा जनताको साथ, पार्टीभित्र एकताको प्रयास र त्यसपछि मात्रै महाधिवेशन ,यही अहिलेको कांग्रेसको प्राथमिकता हुनुपर्छ, महरको जोड छ।

उनले महाधिवेशनको मिति केही समय सार्ने विषयलाई कमजोरीका रूपमा नभई कांग्रेसलाई अझ बलियो, एकताबद्ध र जनमुखी बनाउने राजनीतिक अवसरका रूपमा लिनुपर्ने धारणा राखेेका हुन्।

Tags: समाचार

Discussion about this post

Related Posts

जलवायु परिवर्तनका प्रभाव कम गर्न जनकपुरधाममा वृक्षारोपण

जलवायु परिवर्तनका प्रभाव कम गर्न जनकपुरधाममा वृक्षारोपण

बर्षमानले दिए प्रधानमन्त्रीलाई १८ बुदेँ सुझाव

बर्षमानले दिए प्रधानमन्त्रीलाई १८ बुदेँ सुझाव

अनलाइन ठगी रोक्न ह्वाट्सएपले ल्यायो नयाँ सुरक्षा सुविधा

अनलाइन ठगी रोक्न ह्वाट्सएपले ल्यायो नयाँ सुरक्षा सुविधा

मेस्सीको अन्तर्राष्ट्रिय संन्यास: निस्सन्देह, एउटा फुटबल युगको अन्त्य

मेस्सीको अन्तर्राष्ट्रिय संन्यास: निस्सन्देह, एउटा फुटबल युगको अन्त्य

अमुक्तभरण सप्तमी: निसन्तानका लागि सन्तान प्राप्तिको पावन व्रत

अमुक्तभरण सप्तमी: निसन्तानका लागि सन्तान प्राप्तिको पावन व्रत

रसुवा बाढीमा परेर मृत्यू भएका कर्णाली वासीले बीमा वापत दुई लाख पाउने

रसुवा बाढीमा परेर मृत्यू भएका कर्णाली वासीले बीमा वापत दुई लाख पाउने

नेपालको इतिहासमा आजः इराकमा १२ नेपालीको हत्या

नेपालको इतिहासमा आजः इराकमा १२ नेपालीको हत्या

शरिमा आइरनको कमी, बेलैमा पुर्ती नगरे देखिने छन् समस्या

शरिमा आइरनको कमी, बेलैमा पुर्ती नगरे देखिने छन् समस्या

भोटेकोशी बाढीपीडितका लागि कयाल ग्रुपको २५ लाख सहयोग 

भोटेकोशी बाढीपीडितका लागि कयाल ग्रुपको २५ लाख सहयोग 

निलो चरासहित ‘ट्विटर’ पुनः फर्किने तयारीमा, सिमितले सुरू गरे चलाउन

निलो चरासहित ‘ट्विटर’ पुनः फर्किने तयारीमा, सिमितले सुरू गरे चलाउन

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि