काठमाडौं/भदौं १६ गते। नेपालको इतिहासमा भदौ १६ गते खासगरी दुई प्रमुख र दूरगामी घटनाहरूका लागि सम्झिने गरिन्छ
इराकमा १२ नेपालीको हत्या र नेपालमा उपद्रव र आन्दोलन (२०६१ भदौ १६): वैदेशिक रोजगारीका लागि इराक पुर्याइएका १२ जना नेपाली कामदारको आतंकवादी समूह अन्सार-अल सुन्नाद्वारा विभत्स हत्या भएको खबर सार्वजनिक भएको दिन। यस दुःखद घटनाको खबर फैलनासाथ नेपालभर व्यापक आक्रोश र विरोध प्रदर्शन भएको थियो। प्रदर्शनका क्रममा काठमाडौंका विभिन्न मेनपावर कम्पनी, मस्जिद, तथा सञ्चारगृहहरूमा तोडफोड र आगजनी भएको थियो। वैदेशिक रोजगार व्यवसायीहरूले यस दिनलाई नेपालको इतिहासमा ‘कालो दिन’ का रूपमा स्मरण गर्ने गर्छन्।
राणा प्रधानमन्त्री भीम शम्शेरको निधन र जुद्ध शम्शेरको उदय (१९८९ भदौ १७ सम्मको घटनाक्रम): यसै दिन तत्कालीन राणा प्रधानमन्त्री भीम शम्शेरको निधन भएको थियो र त्यसपछि जुद्ध शम्शेर नेपालको प्रधानमन्त्री बनेका थिए।















Discussion about this post