माबिशाल बस्नेत/महोत्तरी/भदौ १२ गते। रसुवाको भोटेकोशीमा आएको बाढी तथा पहिरोपछि रोजगारी, व्यापार तथा अन्य कामका सिलसिलामा रसुवाका विभिन्न स्थानमा पुगेका महोत्तरीका १८ जना सम्पर्कविहीन भएका छन्।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले सार्वजनिक गरेको विवरणअनुसार १९ जनामध्ये जलेश्वर–९, पर्कौलीका राकेशकुमार यादव भने सम्पर्कमा आएका छन्।
सम्पर्कविहीन हुनेहरूमा धेरैजसो त्यहाँस्थित हाइड्रोपावरमा काम गर्नेहरू रहेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ।
सम्पर्कविहीन हुनेहरूमा हरिविकासकुमार यादव, पप्पु कुमार मण्डल, मनिष मण्डल, शीतलबहादुर लुङ्गेली, विजय थापामगर, सुशीललाल दास, श्रीकेश यादव, सन्तोषकुमार ठाकुर, युवराज पाण्डे, सौभाग्य विष्ट, जोया रानामगर, सचिनकुमार यादव, आदितनारायण यादव, विपिनकुमार मण्डल, गंगाराम मण्डल, हासान अन्सारी र विकास भारती रहेका छन्।
उनीहरू त्रिशूली हाइड्रोपावर, अपर त्रिशूली–१, रसुवा हाइड्रोसहित विभिन्न आयोजना तथा कम्पनीमा कार्यरत थिए। केही भने रोजगारी, व्यापार तथा अन्य कामका लागि रसुवा पुगेका थिए।















Discussion about this post