काठमाडौं, १ भदौं । भारतीय सेनाका प्रमुख धिरज सेठले आज मानर्थ प्रधानसेनापतिको दर्ज्यानी ग्रहण गरेका छन ।
आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक बिशेष समारोहका बिचमा राष्ट्रपति पौडेलले भारतीय सेना प्रमुख सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन । नेपाल र भारतबिच एक अर्का देशका प्रधानसेनापतिलाई मानर्थ सेनापतिको दर्ज्यानी चिन्ह प्रदान गर्ने परम्परा रहि आएको छ ।
साे अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहलगायत उच्च पदस्थ सैन्य अधिकारीहरूकाे पनि उपस्थिति रहेकाे थियाे । नेपालको चारदिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौं आएका भारतीय सेना प्रमुख नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा हिजो नेपाल आएका थिए । आज नै प्रधान सेनापति सिग्देल र भारतीय सेना प्रमुख सेठ बिच दुई पक्षिय औपचारिक छलफल पनि हुनेछ । उनी बुधवार मात्रै भारत फर्कने छन् ।















Discussion about this post