nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन सांसदको माग

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २८, २०८३, ६:०५ मध्यान्ह
दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन सांसदको माग

काठमाडौँ, २८ साउनः राष्ट्रियसभा बैठक सिंहदरबारस्थित सङ्घीय संसद भवनमा बिहीबार बसेको राष्ट्रियसभाको बैठक । तस्बिरः प्रदीपराज वन्त÷रासस

काठमाडौँ/साउन २८ गते । राष्ट्रियसभाका सांसहरूले सुरसरीलगायत क्षेत्रमा केही समय अघि भएका साम्प्रदायिक हिंसाका घटनाका दोषीउपर कारबाही गरी मुलुकभर शान्ति, सुव्यवस्था कायम गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनीहरूले शान्ति सुरक्षाका साथै दैनिक जीवनका आवश्यकता बस्तुको सहज परिपूर्ति गर्न माग गरे ।

बैठकमा नेपाली कांग्रेसका सांसद विष्णुकुमारी सापकोटाले नेपाली जनता खाना पकाउने ग्यास, महँगीको मारका परिरहेका प्रति सरकारको ध्यानाकर्षण गराउँदै मौलिक हकभित्र नै व्यवस्था भएको खाद्य, स्वास्थ्य शिक्षाको अधिकार सुनिश्चित गर्न माग गरिन् । उनले सामाजिक सञ्जालबाट एक अर्कालाई गालीगलौज गर्नेक्रम बढ्दै जानुप्रति चिन्ता व्यक्त गर्दै पवित्र भूमि नेपालमा त्यस्तो असहिष्णुता सैह्य नहुने बताइन् ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद रेणु चन्दले साम्प्रदायिक घटनाका नाममा मधेसमा भएको घटनाको दोषीउपर तत्काल कारबाही गरी उक्त क्षेत्रमा शान्ति, सुव्यवस्था कायम गर्न सरकारको ध्यानाकर्षण गराइन् । उनले पुराना राजनीतिक दलले ३५ वर्षमा केही गरेन भन्ने भाष्यमा यथार्थ नभएको भन्दै यस अवधिमा आर्थिक, शैक्षिक, विकासका धेरै काम भएको अध्ययन गरेर हेर्न आग्रह गरिन्।

नेकपा (एमाले) सांसद मीना सिंह रखालले सरकारले सार्वजनिक गरेको सय कार्यसूचीमा नागरिकको जीवनमा प्रत्यक्ष सुधार ल्याउने लक्ष्य राखेको भए पनि सुकुमवासीको व्यवस्थापन प्रभावकारी हुन नसक्दा नागरिक थप पीडामा परेकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । उनले सरकारको कार्यसम्पादन फाइल र तथ्याङ्कले नभई नागरिकको जीवनस्तर सुधार, आधारभूत आवश्यकता सहज बनाउन जरुरी भएको बताइन् ।

जनता समाजवादी पार्टी नेपालका सांसद पूजा चौधरीले स्वास्थ्य सेवा मौलिक हकमै सुनिश्चित भए पनि अहिले पनि नेपालीहरूले उपचार गराउन घरबारी नै बेच्नुपर्ने अवस्था भएको रहेको बताउँदै कतिपय अवस्था उपचार नै गराउन नसकेको अवस्थाप्रति सरकारको ध्यानकर्षण गराइन् । उनले हाल सरकारी अस्पलतमा गर्भवती र सुत्केरीलाई चाहिने आइरन चक्कीको कमी भएको, रेविजविरुद्धको खोप, सर्पदंशको उपचार हुन नसकेकोप्रति दुःख व्यक्त गरिन् ।

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले देशमा महँगी चुलिँदै जाँदा जनता मारमा परेको अवस्थामा ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीप्रति कारबाही गर्न सरकारसँग माग गरे । उनले तराईबाट धार्मिक दङ्गा भड्काउने खालको घटना भएकोप्रति सरकार सचेत भई आगामी दिनमा त्यस्ता कार्य हुनसक्नेतर्फ सचेत हुनुपर्ने माग गरे ।

कांग्रेसका वासुदेव घिमिरले सुकुमवासीको समस्या समाधान हुन नसकेको कृर्षकलाई समयमै मल र बीउ उपलब्ध हुन नसकेको, न्यायापालिका र व्यवस्थापिका, निजामती कर्मचारीलाई व्यवस्थित बनाउन नसकेको आरोप लगाए । उनले नेपाल सरकारको पूर्ण स्वामित्वमा आँखा अस्पताल कुनै पनि नखोलेको भन्दै अहिले दृष्टिविहीनको सङ्ख्या ०।२८ प्रतिशत पुगिसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले काठमाडौँ बाहिर देशका अन्य क्षेत्रहरूमा पनि आँखा अस्पतालहरू स्थापना गर्नुपर्नेमा जोड दिए ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले जातीय छुवाछुत अन्त्यको माग गर्दै ८० दिनदेखि माइतीघरमा आन्दोलनरक्त व्यक्तिहरूलाई सरकारलाई तत्काल वार्तामा बोलाएर समस्याको समाधान गर्न आग्रह गरे ।

नेकपा (एमाले)का सांसद रुक्मिणि कोइरालाले अहिले नागरिकले दैनिक जीवनका उपभोग्य वस्तुको अभावमा पीडा पाइरहेको र रोजगारी तथा अध्ययनका लागि विदेश जाने युवाको सङ्ख्या अझै बढ्दै गएकोतर्फ सरकारको ध्यानाकर्षण गराइन् । उनले हाल मुलुकभरका विभिन्न बालसुधार केन्द्रमा धेरै समस्या देखिएकाले सरकारलाई त्यसप्रति ध्यान दिन आग्रह गरिन् ।

सांसद धर्मेन्द्र पासवानले विभिन्न समस्या र आर्थिक अभावले मुलुकमा आत्महत्या गर्नेक्रम बढेकोप्रति ध्यानाकर्षण गराउँदै त्यसको दीर्घकालीन समाधानका लागि सचेत हुन सरकारलाई आग्रह गरे । उनले अझै पनि मुुलुकमा भुइँमान्छेले न्याय पाउने अवस्था नरहेको बताउँदै नयाँ राजनीतिक परिवेशले पनि यसलाई समाधान गर्न नसकेको टिप्पणी गरे ।

सांसद मनरुपा शर्माले पीडितहरुको आँशु पोख्ने थलो बनेको माइतीघरमा धर्ना बसेका जनताका माग सम्बोधनका लागि सरकारसँग आग्रह गरिन् । उनले दैनिक जीवनका उपभोग्य वस्तुको सहज आपूर्ति नहुँदा आमजनताले महँगाइ खेप्नुपरेको, ग्यासको लाइन लागेर अनावश्यक समय बिताउनुपरेको, रोजगारीका लागि विदेशिनु परेको बताइन् ।

Tags: समाचार

Discussion about this post

Related Posts

सातामा दुई दिन बिदा: परिणाममुखी र प्रभावकारी रहेको सरकारको दाबी

सातामा दुई दिन बिदा: परिणाममुखी र प्रभावकारी रहेको सरकारको दाबी

प्रदेश आर्थिक भार होइन, समृद्धिको आधार : सभामुख यादव

प्रदेश आर्थिक भार होइन, समृद्धिको आधार : सभामुख यादव

यी ५ व्यक्तिले भूलेर पनि नपिउनुहोस् कागती पानी, नत्र…

बिहान कागती पानी पिउँदा हुनेछ यस्ताे फाइदा

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

युवाको ऊर्जा र क्षमताको अधिकतम सदुपयोग गर्ने सरकारी प्रतिबद्धता

युवाको ऊर्जा र क्षमताको अधिकतम सदुपयोग गर्ने सरकारी प्रतिबद्धता

एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप

एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप

चीनियाँ बैज्ञानिकले बनाए कहिल्यै नफुट्ने हीरा

चीनियाँ बैज्ञानिकले बनाए कहिल्यै नफुट्ने हीरा

मृत्यु भएको २९ बर्ष भयो तर पनि गायकको आम्दानी रोकिएको छैन

अभिनेता प्रकाशराजको नाम मतदाता सुचीवाट हटाइयो, अब भोट गर्न नपाउने

मृत्यु भएको २९ बर्ष भयो तर पनि गायकको आम्दानी रोकिएको छैन

मृत्यु भएको २९ बर्ष भयो तर पनि गायकको आम्दानी रोकिएको छैन

रतौली युवा क्लबद्वारा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री तथा स्वरोजगार सामग्री वितरण

रतौली युवा क्लबद्वारा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री तथा स्वरोजगार सामग्री वितरण

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि