nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेसका पूर्वमन्त्री शैलेन्द्र प्रसाद साहसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ७, २०८३, १०:५६ मध्यान्ह
मधेसका पूर्वमन्त्री शैलेन्द्र प्रसाद साहसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

साउन ७ गते। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुर, बागमती नगरपालिकाका तत्कालीन नगर प्रमुख भरत कुमार थापासहित ७ जना तथा निर्माण कम्पनी बिकोई/धुलिखेल जेभी, बानेश्वर, काठमाडौँविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सर्लाहीकाे बागमती नगरपालिका–११, सर्लाहीस्थित बागमती फनपार्क एण्ड रिसोर्ट निर्माण आयोजनामा सार्वजनिक खरिद प्रक्रियामा अनियमितता, लागत बढाएर ठेक्का स्वीकृत गर्ने तथा सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्‍याएको आरोपमा उनीहरूविरूद्ध बिहीबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हाे।

तत्कालीन अर्थमन्त्री,सचिवलाई ३५ कराेड बिगाे मागदाबी गरिएकाे छ । त्यस्तै बागमतीका तत्कालीन नगर प्रमुख थापा, तत्कालीन नगर उपप्रमुख लिला कुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमल कुमार पाेखरेललाई ३९ करोड ३९ लाख ६६ हजार ३३३ रुपैयाँ बिगाे मागदाबी गरिएकाे छ। निर्माण कम्पनी बिकोई/धुलिखेल जेभी र उक्त जेभीका आधिकारीक प्रतिनिधि युवराज पाेखरेललाई पनि साेही रकम बराबर बिगाे मागदाबी गरिएकाे छ ।

मधेस सरकारका तत्कालीन उपसचिव उद्धवराज न्याैपानेलाई २० कराेड बिगाे मागदाबी गरिएकाे अख्तियारका प्रवक्ता न्याैपानेले बताए।

आयोगका प्रवक्ता सुरेश न्याैपानेका अनुसार बागमती नगरपालिका, सर्लाहीले आर्थिक वर्ष २०७८/०७९ मा बागमती फनपार्क एण्ड रिसोर्ट आयोजनाको दोस्रो चरण निर्माणका लागि नयाँ डीपीआर तयार गरी मूल डीपीआरमा नभएका संरचना समावेश गर्दै लागत अनुमान बढाएको, प्रतिस्पर्धा सीमित हुने गरी जटिल मूल्याङ्कनका आधार तयार गरेको तथा सीमित निर्माण व्यवसायीलाई फाइदा पुग्ने गरी ठेक्का प्रक्रिया अघि बढाएको आरोप छ।

अनुसन्धानबाट पहिलो चरणको डीपीआरको पुनरावलोकन नगरी दोस्रो चरणको डीपीआर तयार गरिएको, आयोजनाको आवश्यकता, जोखिम विश्लेषण तथा आर्थिक सम्भाव्यताको पर्याप्त अध्ययनबिना थप संरचना समावेश गरिएको र यसबाट राज्यलाई ठुलो आर्थिक क्षति पुगेको आयोगले जनाएको छ। साथै, सार्वजनिक खरिद ऐन विपरीत मूल्याङ्कनका आधार स्वीकृत गरी निर्माण कम्पनीसँग मिलेमतोमा ठेक्का सम्झौता गरिएको आरोप पनि लगाइएको छ।

अख्तियारका अनुसार बिकोई/धुलिखेल जेभीका आधिकारिक प्रतिनिधिले समेत मूल्याङ्कनका क्रममा झुटा तथा किर्ते कागजात पेस गरी ठेक्का प्राप्त गरेको अनुसन्धानबाट खुलेको छ।

Tags: समाचार

Discussion about this post

Related Posts

शंकर अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

शंकर अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

प्रहरीले गोली चलाएर छ जनालाई लियो नियन्त्रणमा, दुई जना घाइते

प्रहरीले गोली चलाएर छ जनालाई लियो नियन्त्रणमा, दुई जना घाइते

रक्सौलमा ७.८२ ग्राम ब्राउन सुगरसहित दुई नेपाली पक्राउ, एक महिला फरार

रक्सौलमा ७.८२ ग्राम ब्राउन सुगरसहित दुई नेपाली पक्राउ, एक महिला फरार

थालापतिको चलचित्रको बम्पर ओपनिङ, अग्रिम टिकटवाटै २८ करोड संकलन

थालापतिको चलचित्रको बम्पर ओपनिङ, अग्रिम टिकटवाटै २८ करोड संकलन

साउदीका दुई तेल टंयाकरमा हुथीको आक्रामण, नाकाबन्दी जारी रहने

साउदीका दुई तेल टंयाकरमा हुथीको आक्रामण, नाकाबन्दी जारी रहने

काभा च्याम्पियनपिसमा नेपालको लगातार दोस्रो हार

काभा च्याम्पियनपिसमा नेपालको लगातार दोस्रो हार

जनताको अपेक्षा सम्बोधन गर्ने बजेट आएको छ : सञ्चारमन्त्री

नतिजामुखी कार्यसम्पादनलाई प्राथमिकता दिनुहोस्ः सञ्चारमन्त्री

सप्तरीमा ३ गाडीबाट ३ हजार ३३२ किलोबढी गाँजा बरामद

सप्तरीमा ३ गाडीबाट ३ हजार ३३२ किलोबढी गाँजा बरामद

प्रश्नपत्र चुहावटमा फास्ट ट्रयाक अदालत गठन गर्ने मोदीको प्रतिबद्दता

प्रश्नपत्र चुहावटमा फास्ट ट्रयाक अदालत गठन गर्ने मोदीको प्रतिबद्दता

आफ्नो तस्विर दुरूपयोग गरेको भन्दै ट्रम्पसँग ७५ मिलियन डलर क्षतिपुर्ति माग

आफ्नो तस्विर दुरूपयोग गरेको भन्दै ट्रम्पसँग ७५ मिलियन डलर क्षतिपुर्ति माग

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!