nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

भारत-नेपाल रेल सम्पर्कमा नयाँ अध्यायः रक्सौलसहित पाँच स्टेशनको आधुनिकीकरण हुने

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ६, २०८३, २:४७ मध्यान्ह
भारत–नेपाल रेल सम्पर्कमा नयाँ अध्याय : रक्सौलसहित पाँच स्टेशनको आधुनिकीकरण हुनेस

सञ्जय मिश्रा/रौतहट/साउन ६ गते। भारतको पूर्व मध्य रेलवे (ईसीआर) अन्तर्गतको सीतामढी–रक्सौल रेलमार्ग दोहोरोकरण परियोजनाले महत्वपूर्ण गति लिएको छ।

रेल विकास निगम लिमिटेड (आरभीएनएल) ले बम्बे स्टक एक्सचेन्ज (बीएसई) र नेशनल स्टक एक्सचेन्ज (एनएसई) मा दायर गरेको आधिकारिक नियामक विवरणअनुसार कम्पनी ३५८ करोड ९७ लाख भारतीय रुपैयाँ बराबरको उक्त परियोजनाको टेण्डर स्वीकृत भएको हो।

बिहारको सीमावर्ती क्षेत्रमा सञ्चालन हुने यो परियोजनाले भारत–नेपालबीचको रेल सम्पर्क, माल ढुवानी तथा व्यापारलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ। परियोजना सम्पन्न भएपछि यात्रुवाहक तथा मालवाहक रेल सञ्चालन सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ।

कुन्डवा चैनपुरदेखि रक्सौलसम्मको रेलखण्ड दोहोरो बनाइनेछ। यस क्रममा मुख्य रूपमा निम्न स्टेशनहरूको स्तरोन्नति गरिनेछ । कुन्डवा, चैनपुर ,बैरगनिया, घोडासहन, छौरादानो, रक्सौल जंक्शन।

यी स्टेशनहरूमा रेल सञ्चालन क्षमता विस्तार गर्न आवश्यक पूर्वाधार निर्माण गरिनेछ।

परियोजनाअन्तर्गत अतिरिक्त रेललाइन र प्लेटफर्म निर्माण, आधुनिक इलेक्ट्रोनिक इन्टरलकिङ तथा डिजिटल सिग्नलिङ प्रणाली जडान, यार्ड पुनर्संरचना, नयाँ लुप लाइन निर्माण तथा मालवाहक र यात्रुवाहक रेल सञ्चालन क्षमता विस्तार गरिनेछ।

यसबाट रेल क्रसिङ तथा ओभरटेकिङमा लाग्ने समय घट्ने, रेल सञ्चालन थप सुरक्षित र प्रभावकारी बन्ने तथा समयपालनमा सुधार आउने अपेक्षा गरिएको छ।

भारत–नेपाल व्यापारको प्रमुख रेल प्रवेशद्वारका रूपमा रहेको रक्सौल जंक्शनको कार्गो क्षमता यस परियोजनापछि उल्लेखनीय रूपमा विस्तार हुने बताइएको छ।

यसबाट नेपालको वीरगञ्ज ड्राइ पोर्टसम्म मालवाहक रेल सहज रूपमा सञ्चालन गर्न, कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट आउने कन्टेनर रेलको आवागमन तीव्र बनाउन तथा मालगाडीको प्रतीक्षा समय घटाउन सहयोग पुग्नेछ। साथै थप गुड्स शेड र सन्टिङ लाइन निर्माण गरी भारी कन्टेनर रेल सञ्चालनका लागि आवश्यक पूर्वाधार सुदृढ गरिनेछ।

परियोजनामा इलेक्ट्रोनिक इन्टरलकिङ, डिजिटल सिग्नलिङ, द्रुत कार्गो व्यवस्थापन तथा आधुनिक रेल सञ्चालन प्रणाली प्रयोग गरिनेछ। यसले रेल सेवाको विश्वसनीयता, सुरक्षा र समयपालनमा थप सुधार ल्याउने अपेक्षा गरिएको छ।

यो दोहोरोकरणले भविष्यमा निर्माण हुने प्रस्तावित रक्सौल–काठमाडौं ब्रोडगेज रेल परियोजनाका लागि समेत बलियो आधार तयार गर्ने विश्वास गरिएको छ। रक्सौल जंक्शनको क्षमता विस्तारसँगै नेपालसम्म यात्रुवाहक तथा मालवाहक रेल सञ्चालन अझ सहज हुने अपेक्षा गरिएको छ।

परियोजनासँगै रेल १६० किलोमिटर प्रतिघण्टाको गतिमा सञ्चालन हुने चर्चा भए पनि त्यसबारे हालसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन। उपलब्ध जानकारीअनुसार परियोजनाको मुख्य उद्देश्य रेलमार्गको क्षमता वृद्धि, क्रसिङको समस्या समाधान, समयपालन सुधार तथा भविष्यमा उच्च गतिका रेल सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गर्नु हो।

परियोजना सम्पन्न भएपछि रेल ढिलाइ घट्ने, थप यात्रुवाहक तथा मालवाहक रेल सञ्चालन गर्न सकिने, सीतामढी, बैरगनिया, घोडासहन, छौरादानो र रक्सौल क्षेत्रका यात्रुले गुणस्तरीय सेवा पाउने तथा भारत–नेपालबीचको व्यापार र ढुवानी थप सहज र सस्तो हुने अपेक्षा गरिएको छ। साथै भविष्यमा नयाँ एक्सप्रेस तथा मेमु रेल सञ्चालनको सम्भावना पनि बढ्नेछ।

रेलमार्ग दोहोरोकरणका कारण यात्रु भाडामा कुनै अतिरिक्त शुल्क लाग्ने छैन। भारतीय रेलको भाडा दूरी र रेलको श्रेणीअनुसार निर्धारण हुने भएकाले यस परियोजनाले टिकट मूल्यमा प्रत्यक्ष असर पार्दैन। यद्यपि भविष्यमा यस मार्गमा वन्दे भारत वा अन्य प्रिमियम रेल सञ्चालन भएमा तिनको भाडा सम्बन्धित श्रेणीअनुसार निर्धारण हुनेछ।

३५८ करोड ९७ लाख भारतीय रुपैयाँको यो परियोजना उत्तर बिहार तथा भारत–नेपाल व्यापारिक करिडोरका लागि महत्वपूर्ण पूर्वाधार विकासका रूपमा हेरिएको छ। रक्सौल जंक्शनको क्षमता विस्तारसँगै सीमापार व्यापार, रेल सेवा र क्षेत्रीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

Tags: समाचार

Discussion about this post

Related Posts

श्रीहरि मानव कल्याण मञ्चको हाजिरीजवाफ प्रतियोगितामा समूह ‘डी’ च्याम्पियन

श्रीहरि मानव कल्याण मञ्चको हाजिरीजवाफ प्रतियोगितामा समूह ‘डी’ च्याम्पियन

जनकपुरधामको सिताराम गौशालाद्वारा कन्या भोजन कार्यक्रम सम्पन्न

जनकपुरधामको सिताराम गौशालाद्वारा कन्या भोजन कार्यक्रम सम्पन्न

मासुको अत्यधिक सेवनले अपच, ग्यास्ट्रिक, छाती र पेट पोल्न सक्छ, यसरी बच्नुहोस

मासुको अत्यधिक सेवनले अपच, ग्यास्ट्रिक, छाती र पेट पोल्न सक्छ, यसरी बच्नुहोस

तलेजु भवानी मन्दिर बडादसैँको महानवमीकाे दिन मात्रै किन खाेलिन्छ ?

तलेजु भवानी मन्दिर बडादसैँको महानवमीकाे दिन मात्रै किन खाेलिन्छ ?

नवरात्रिकाे नवौँ दिन, माता सिद्धिदात्री पूजा आराधना गरिदैँ

नवरात्रिकाे नवौँ दिन, माता सिद्धिदात्री पूजा आराधना गरिदैँ

भोइलकी छोरी सान्वी मण्डलले जितिन् ‘मिस वेलनेस वर्ल्ड २०२६’ को ताज, गृहगाउँमा भव्य स्वागत तथा सम्मान

भोइलकी छोरी सान्वी मण्डलले जितिन् ‘मिस वेलनेस वर्ल्ड २०२६’ को ताज, गृहगाउँमा भव्य स्वागत तथा सम्मान

जनकपुरको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान

जनकपुरको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान

राखी सावन्तलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश

राखी सावन्तलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश

धनुषाको सबैला नगरपालिका–५ मखनाहामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ,दुई घाइते

धनुषाको सबैला नगरपालिका–५ मखनाहामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ,दुई घाइते

रणवीरको ‘रामायण’ ले बक्स अफिसमा पहिला दिन कति कमाउला ? यस्ताे छ विश्लेषण

प्रभासकाे ‘स्पिरिट’ र रणवीरकाे ‘रामायण पार्ट २’ बीच भिडन्त हुने पक्का

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि