nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पुँजी बजार सुधारमा प्रधानमन्त्री शाहको सक्रियता : लगानीकर्ताको मनोबल बढाउन उच्चस्तरीय छलफल

गिरिजानन्द साह गिरिजानन्द साह
साउन ४, २०८३, ६:५३ मध्यान्ह
प्रधानमन्त्री शाह र निजी क्षेत्रबीच उच्चस्तरीय छलफल: आर्थिक सुधार र लगानीमैत्री वातावरणमा जोड

काठमाडौं/साउन ४ गते। प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालासँग छलफल गरेका छन्।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा पुँजी बजारको वर्तमान अवस्था, सुधारका आवश्यकता, नीतिगत व्यवस्था तथा समग्र अर्थतन्त्रसँग सम्बन्धित विषयमा छलफल भएको हो।

छलफलमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल तथा नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ, प्रिया राज रेग्मीलगायत सहभागी थिए।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सेबोनका अध्यक्ष गोपाल भट्टले पुँजी बजारको विकास र विस्तारका लागि आवश्यक सुधारका विषयमा छलफल भएको जानकारी दिए।

उनले नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज तथा अर्थ मन्त्रालयसँग सम्बन्धित नीतिगत र कानुनी सुधारका विषयमा छलफल भएको बताए। प्रधानमन्त्री शाहले पुँजी बजारको विकास, विस्तार र लगानीकर्ताको मनोबल बढाउने विषयमा चासो देखाएको उनले बताए।

उनले भने, ‘पुँजी बजारमा गर्नुपर्ने सुधारका विषयमा हामीले छलफल गरेका छौँ। खासगरी नेपाल राष्ट्र बैंकले पुँजी बजारको विकास र विस्तारका लागि गर्नुपर्ने काम, नेपाल धितोपत्र बोर्डले गर्नुपर्ने सुधार, स्टक एक्सचेन्जसँग सम्बन्धित विषय तथा अर्थ मन्त्रालयले गर्नुपर्ने नीतिगत र कानुनी सुधारका विषयमा छलफल भएको छ। प्रधानमन्त्रीज्यूले यी सबै विषयलाई गम्भीरतापूर्वक सुन्नुभयो। समग्र पुँजी बजारको विकास र विस्तारका लागि तथा लगानीकर्ताको मनोबल बढाउन प्रधानमन्त्री कार्यालयले पनि आवश्यक भूमिका निर्वाह गर्ने विश्वास दिलाउनुभएको छ।’

भट्टका अनुसार प्रधानमन्त्रीले पुँजी बजारलाई पुँजी परिचालनको महत्वपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्ने र यसले रोजगारी सिर्जना तथा अर्थतन्त्रलाई सहयोग पुर्याउनुपर्ने धारणा राखेका थिए।

छलफलमा पुँजी बजारमा देखिएका पछिल्ला घटनाभन्दा पनि बजारलाई दीर्घकालीन रूपमा कसरी स्वस्थ, पारदर्शी र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएर छलफल भएको भट्टले बताए।

छलफलमा लगानीकर्ताको घट्दो मनोबल सुधार गर्ने, बजारमा माग र आपूर्तिबीच सन्तुलन कायम गर्ने, संस्थागत लगानीकर्ताको भूमिका बढाउने, मार्जिन लेन्डिङको व्यवस्था सहज बनाउने, गैरआवासीय नेपाली (एनआरएन) को लगानी भित्र्याउने तथा स्टक एक्सचेन्जलाई प्रविधिमैत्री बनाउने विषयमा सुझाव दिइएको थियो।

त्यस्तै, धितोपत्र बोर्डअन्तर्गत प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रणाली सुधार, १० कित्ते आवेदन प्रणालीको पुनरावलोकन, बुक बिल्डिङ प्रक्रियालाई प्रभावकारी बनाउने, इन्ट्राडे कारोबार सञ्चालन गर्ने तथा नयाँ कारोबारका औजार विकास गर्ने विषयमा पनि छलफल भएको थियो।

Tags: समाचार

Discussion about this post

Related Posts

जनकपुरधाममा ३६५ दिन निःशुल्क भोजन सेवा सुरु

जनकपुरधाममा ३६५ दिन निःशुल्क भोजन सेवा सुरु

जनकपुरधाम जेसिजको बृहत् रक्तदान कार्यक्रम सम्पन्न, २७ जनाले गरे रक्तदान

जनकपुरधाम जेसिजको बृहत् रक्तदान कार्यक्रम सम्पन्न, २७ जनाले गरे रक्तदान

जनकपुरधाममा ‘मिस मिथिलानारी नेपाल’को ग्रान्ड फिनाले असोज ३ गते हुने

जनकपुरधाममा ‘मिस मिथिलानारी नेपाल’को ग्रान्ड फिनाले असोज ३ गते हुने

रोटीमा घिउ लगाउनाले कुन रोग निको हुन्छ? अब जान्नुहोस

रोटीमा घिउ लगाउनाले कुन रोग निको हुन्छ? अब जान्नुहोस

स्मृति मन्धाना बनिन् महिला क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी

स्मृति मन्धाना बनिन् महिला क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी

विश्वमा आज: सेप्टेम्बर ५, मदर टेरेसाको निधनदेखि भ्वायेजर-१ को प्रक्षेपणसम्म

विश्वमा आज: सेप्टेम्बर ५, मदर टेरेसाको निधनदेखि भ्वायेजर-१ को प्रक्षेपणसम्म

आजको नेपाल: निजामती सेवा सुचारु गर्ने तयारीको दिन

आजको नेपाल: निजामती सेवा सुचारु गर्ने तयारीको दिन

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई जनाको सकुशल उद्धार

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई जनाको सकुशल उद्धार

अक्षय कुमारको एलियन फिल्म ‘सामुक’ मा जाेडिए हलिउड प्राविधिक

अक्षय कुमारको एलियन फिल्म ‘सामुक’ मा जाेडिए हलिउड प्राविधिक

राहत संकलनको नाममा अवैध कार्य रोक्न निर्देशन

राहत संकलनको नाममा अवैध कार्य रोक्न निर्देशन

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि