काठमाडौं /असार ३२ गते। सर्वोच्च अदालतले एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
दुई साता अघि मात्रै थमन बिक हत्या आरोपमा पक्राउ परेका कोइरीलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको हो ।
कोइरीका छोरा मनोजकुमार महतोले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै उनलाई थुनामुक्त गर्न आदेश दिएको हो। अदालतले आजै थुनामुक्त गर्न कारागार कार्यालय महोत्तरी, जलेश्वरलाई निर्देशन दिइएको छ ।
उच्च अदालत जनकपुरले गत बुधबार ५ वर्ष कैद सजाय सुनाए पछि प्रहरीले उनलाई असार १८ मा महोत्तरीको गौशालाबाट नियन्त्रणमा लिएको थियो ।















Discussion about this post