बागमती/असार ३२ गते। बागमती प्रदेश सरकारले बागमती प्रदेशका पत्रकारलाई प्रदेश अस्पतालबाट स्वास्थ्य उपचार सेवामा सहुलियत दिने भएको छ । बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा प्रदेश स्वास्थ्यमन्त्री किरण थापामगरले मन्त्रीस्तरीय निर्णय अनुसार नेपाल पत्रकार महासङ्घ, बागमती प्रदेशको सिफारिसमा पत्रकारलाई स्वास्थ्य सेवमा ५० प्रतिशत सहुलियत दिने जानकारी दिए।
यहाँका प्रदेश अस्पतालले आइसियु, प्रयोगशाला, एक्सरे, सिटी स्क्यान, एमआरआई, भिडियो, एक्सरे सेवामा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको हो। नेपाल पत्रकार महासङ्घ, बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले मन्त्रालयको सो निर्णयबाट पत्रकारहरू लाभान्वित हुने बताए।















Discussion about this post