काठमाडौं/असार २९ गते । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप ३ दिनको म्याद थपिएको छ
विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासबाट आज थप ३ दिनको म्याद थप गरिएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा गत ८ गते सुर्खेतबाट पक्राउ गरिएका पौडेललाई यसअघि ९ गते ७ दिन, १५ गते ३ दिन र १८ गते ६ दिन र असार २४ मा ५ दिनको म्याद थपिएको थियो । । योसहित पौडेलको पाँचौपटक म्याद थप गरिएको हो ।
पौडेल पत्नीले रिहाइको माग गर्दै सर्वोच्चमा दायर रिट भने खारेज गरिसकेकाे छ ।














Discussion about this post