nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

१०८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर, धार्मिक पर्यटक बढे

सजिलो पोस्ट सजिलो पोस्ट
असार २७, २०८३, १०:५६ बिहान
१०८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर, धार्मिक पर्यटक बढे

काठमाडौं/असार २७ गते। सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको रामधुनी मन्दिरमा निर्माण गरिएको १०८ धारा, धर्मशालालगायतका संरचनाले मन्दिर क्षेत्रको आकर्षण थप बढाएको छ। पछिल्ला वर्षमा भएका पूर्वाधार विकाससँगै नेपालका विभिन्न जिल्लाका साथै भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ।

त्रेतायुगमा भगवान् श्रीरामले वनवासका क्रममा धुनी बालेर एक रात विश्राम गरेको र आफ्ना खराउ यहीँ छाडेको धार्मिक विश्वाससँग जोडिएको रामधुनी मन्दिर पछिल्ला वर्षमा धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विस्तार हुँदै गएको छ। रामधुनी जंगलको बीचमा रहेको यस मन्दिरमा दैनिक दर्शनार्थी पुग्ने गरेका छन्। रामनवमी, विवाहपञ्चमी, ऋषिपञ्चमी, शिवरात्रि, तीजलगायत पर्वमा भक्तजनको उहाँ उल्लेख्य घुइँचो लाग्ने गरेको छ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीका अनुसार संघीय सरकार, रामधुनी नगरपालिका तथा अन्य निकायको सहयोगमा मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउने काम भइरहेको छ। उनका अनुसार संघीय सरकारको एक करोड ३५ लाखबाट निर्माण गरिएको १०८ धारा अहिले मन्दिर परिसरको प्रमुख आकर्षण बनेको छ। धारा निर्माणपछि यहाँ मन्दिरमा आउने तिर्थालुले स्नान गर्न पाउनुका साथै यसले धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ।

त्यसैगरी राधुनी मन्दिर परिसरमा संघीय सरकार र रामधुनी नगरपालिकाको आधा आधा लगानी गर्ने गरी दुई करोडको लगानीमा धर्मशाला निर्माण भइरहेको छ। साथै कोशी प्रदेश पर्यटन कार्यालय विराटनगरको ५० लाखबाट तपस्वीथानमा सिँढी तथा सीताकुण्ड आसपास टायल बिछ्याउने काम सम्पन्न भएको छ। गुठी संस्थानको पाँच लाख सहयोगमा यस अघि सीताको मूर्ति निर्माण गरिएको समितिका अध्यक्ष कार्कीले जानकारी दिए।

अध्यक्ष कार्कीका अनुसार मन्दिर परिसरमा प्रवेशद्वार, कमलकुण्ड वरिपरि रेलिङ, घेराबार तथा अन्य आवश्यक संरचना निर्माण भइसकेका छन्। साथै रामदरबार, अष्टचिरञ्जीवी मन्दिर, श्रीयन्त्र मन्दिर, श्रीचन्द्र बाबा वनस्खण्डी तथा प्रीतमदास मन्दिर निर्माणको काम पनि अघि बढेको छ।

इटहरीबाट घुम्न आउनुभएका सन्जोग श्रेष्ठले मन्दिर परिसरमा निर्माण गरिएको १०८ धाराले रामधुनीको आकर्षण थप बढाएको बताए। यस्ता पूर्वाधारले धार्मिक पर्यटन प्रवद्र्धनमा सकारात्मक योगदान पुग्ने उनको भनाइ छ। व्यवस्थापन समितिका अनुसार मन्दिरमा भक्तजनको आगमन बढ्दै गएको छ।

प्राकृतिक वातावरण, धार्मिक आस्था र नयाँ पूर्वाधारको संयोजनले रामधुनी मन्दिर पूर्वी नेपालको महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको स्थानीय बताउँछन्।

Tags: समाचार

Discussion about this post

Related Posts

बाढीपीडितको राहतका लागि वर्मा मेडिकल हलका सञ्चालक वर्माले दिए २ लाख

बाढीपीडितको राहतका लागि वर्मा मेडिकल हलका सञ्चालक वर्माले दिए २ लाख

देशमा बिपत्ति छ, कांग्रेस महाधिवेन केही पर सार्न उपयुक्त: नैनसिंह महर

देशमा बिपत्ति छ, कांग्रेस महाधिवेन केही पर सार्न उपयुक्त: नैनसिंह महर

कर्णालीमा बहु अपाङ्गता भएकालाई `घरमै बिधालय´ सुरू हुदैँ

कर्णालीमा बहु अपाङ्गता भएकालाई `घरमै बिधालय´ सुरू हुदैँ

नेपाली पहलवान त्रिलोकी यादव विश्व नोमाङ गेम्समा पाँचौं स्थानमा

नेपाली पहलवान त्रिलोकी यादव विश्व नोमाङ गेम्समा पाँचौं स्थानमा

भोटेकाशी बाढीमा परि कर्णालीका दुईको मृत्यू, अझै २४८ सम्पर्कविहीन

भोटेकाशी बाढीमा परि कर्णालीका दुईको मृत्यू, अझै २४८ सम्पर्कविहीन

रूस-युक्रेन युद्धविराम प्रयास: ट्रम्पका दुई प्रतिनिधि मस्कोमा

रूस-युक्रेन युद्धविराम प्रयास: ट्रम्पका दुई प्रतिनिधि मस्कोमा

सिँचाइ अभावले मधेशमा धान उत्पादन घट्दै,  ४९.४४ प्रतिशत क्षेत्रफलमा मात्र सिचाई सुविधा

सिँचाइ अभावले मधेशमा धान उत्पादन घट्दै,  ४९.४४ प्रतिशत क्षेत्रफलमा मात्र सिचाई सुविधा

यसरी गराउनुहाेस्, विपत्तिमा पारिवारिक धैर्य र मनोसामाजिक सबलीकरण

यसरी गराउनुहाेस्, विपत्तिमा पारिवारिक धैर्य र मनोसामाजिक सबलीकरण

आजको इतिहास: विश्व भ्रमणको पहिलो कीर्तिमानदेखि महिला मताधिकारसम्म

आजको इतिहास: विश्व भ्रमणको पहिलो कीर्तिमानदेखि महिला मताधिकारसम्म

नेपालमा आज: जुद्ध शमशेर प्रधानमन्त्री नियुक्तिदेखि हिमताल विस्फोटसम्म

नेपालमा आज: जुद्ध शमशेर प्रधानमन्त्री नियुक्तिदेखि हिमताल विस्फोटसम्म

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि