nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

उधोग बाणिज्य तथा आपूर्तिमन्त्री गौरिकुमारी यादब र युएईका वैदेशिक व्यापार मन्त्री डा. थानी बीच शिष्टाचार भेट,नेपालमा लगानी गर्न तयार

गिरिजानन्द साह गिरिजानन्द साह
असार २६, २०८३, ६:५४ मध्यान्ह
उधोग बाणिज्य तथा आपूर्तिमन्त्री गौरिकुमारी यादब र युएईका वैदेशिक व्यापार मन्त्री डा. थानी बीच शिष्टाचार भेट,नेपालमा लगानी गर्न तयार

काठमाडौं/असार २६ गते। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री  गौरीकुमारी यादव र संयुक्त अरब इमिरेट्स (युएई) का वैदेशिक व्यापार मन्त्री डा. थानी बिन अहमद अल जियोडीबीच सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। दुई देशका मन्त्री तथा उच्च अधिकारीहरू सम्मिलित उक्त बैठकमा द्विपक्षीय व्यापार, लगानी र सहकार्यका विविध आयामबारे बृहत् छलफल भएको हो।

भेटका क्रममा युएईका मन्त्री डा. थानीले नेपालको नयाँ सरकारप्रति भरोसा व्यक्त गर्दै युएई नेपालका विभिन्न औद्योगिक क्षेत्रमा लगानी गर्न पूर्ण रूपमा तयार रहेको बताए। उनले लगानीको वातावरण सहज बनाउँदै सहकार्यको बाटो खोल्न मन्त्री यादवसमक्ष अनुरोध समेत गरे।

कृषि र रेलवे क्षेत्रमा विशेष चासो

युएईले विशेष गरी नेपालको कृषि क्षेत्रमा लगानी गर्न विशेष रुचि देखाएको छ। मन्त्री डा. थानीले कृषि परियोजनाहरूमा लगानीका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभयो। यसै गरी, युएईबाट आएका उच्चस्तरीय प्रतिनिधिमण्डलका सदस्यहरूले नेपालको रेलवे (रेल वयर) क्षेत्रमा निजी क्षेत्रको तर्फबाट लगानी गर्ने इच्छा व्यक्त गर्दै यसका लागि कानुनी एवं व्यावहारिक सहजताको अपेक्षा राखेका छन्।

आईटी र डाटा सेन्टर स्थापनाको योजना

नेपालका लागि युएईका राजदूतसहित सहभागी भएको उक्त जम्बो टोलीले नेपालको सूचना प्रविधि क्षेत्रमा ठूलो सम्भावना देखेको बताएको छ। युएई सरकारले नेपालमा   हरित डाटा सेन्टर स्थापना गर्ने सोच बनाएको र यसका लागि आवश्यक लगानी भित्र्याउन आफुहरू तयार रहेको जानकारी गराएको छ।

कृषि उत्पादको निर्यात र गुणस्तर मापनमा सहयोग

नेपालमा उत्पादन हुने फलफूल तथा तरकारी जस्ता कृषि उपजहरूलाई युएईमा निर्यात गर्ने सम्बन्धमा दुवै देशबीच आपसी सहमति कायम गर्ने प्रतिबद्धता जनाइएको छ। नेपाली उत्पादनको निर्यातलाई सहज बनाउन खाद्य गुणस्तर निर्धारण र स्टान्डर्डाइजेसन (प्रमाणीकरण) का क्षेत्रमा आवश्यक लगानी र प्राविधिक सहयोग गर्न युएई पक्ष सकारात्मक देखिएको छ।

व्यापार मञ्च विस्तारको प्रस्ताव

भेटवार्ताका क्रममा उद्योग मन्त्री  गौरीकुमारी यादवले नेपाल र युएईबीचको व्यापार मञ्चलाई थप विस्तार र सुदृढ गर्न विशेष प्रस्ताव राखेकी थिइन्। युएई पक्षले यस प्रस्तावलाई सकारात्मक रूपमा लिँदै आगामी दिनमा यसबारे थप ठोस छलफल अघि बढाउने बताएको छ।

साथै, मन्त्री यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडान सञ्चालन गर्न तयार भएकोमा युएई सरकारलाई विशेष धन्यवाद समेत ज्ञापन गरिन्। यस उच्चस्तरीय भेटवार्ताले आगामी दिनमा नेपालमा वैदेशिक लगानी भित्र्याउन र दुई देशबीचको आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

 

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

एमबीएस प्रश्नपत्र सार्वजनिक प्रकरण : दोषीमाथि कानुनबमोजिम कारबाही हुन्छ शिक्षामन्त्री पोखरेल

एमबीएस प्रश्नपत्र सार्वजनिक प्रकरण : दोषीमाथि कानुनबमोजिम कारबाही हुन्छ शिक्षामन्त्री पोखरेल

सप्तरीमा पोखरीमा डुबेर २ किशोरीको ज्यान गयो

अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

कंगोमा इबोलवाट तीन महिना मै ९९९ को मृत्यु, शव दहनमा स्थानिय अबरोध

कंगोमा इबोलावाट मृत्यु हुनेको संख्या १३ सय नाघ्यो, ५ दिनमा ४० प्रतिशतले बृद्दी

अब घरमा बनाउनुहोस् प्रोटिन बार, रहनुहोस सदैव स्वस्थ

अब घरमा बनाउनुहोस् प्रोटिन बार, रहनुहोस सदैव स्वस्थ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!