असार २६ गते। राष्ट्रिय सभाले एकै दिन ६ वटा विधेयक पारित गरेको छ ।
सभाध्यक्ष नारायण दाहालका अनुसार चार वटा अध्यादेश प्रतिस्थापन विधेयक र दुई वटा बजेट आश्रित विधेयक पारित गरी प्रतिनिधिसभामा पठाइएको हो ।
पारित विधेयकमा सार्वजनिक खरिद -दोस्रो संशोधन), सम्पत्ति शुद्धीकरण निवारण -तेस्रो संशोधन), सहकारी -पहिलो संशोधन) र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक रहेका छन् ।
यस्तै आर्थिक विधेयक २०८३ र राष्ट्र ऋण उठाउने विधेयक २०८३ पनि पारित भएका छन् ।















Discussion about this post