काठमाडौं/असार २३ गते। संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको छ । प्रतिनिधि सभाका सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि मंगलबार बहुमतले पारित भएको हो।
राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले निर्णयार्थ पेश गरेका थिए । यसअघि प्रतिनिधिसभा बैठकबाट पनि विनियोजन विधेयक पारित भइसकेको छ ।
यो सँगै संघीय संसद्का दुवै सदनबाट बजेट पारित भएको हो ।















Discussion about this post