nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनताको अपेक्षा सम्बोधन गर्ने बजेट आएको छ : सञ्चारमन्त्री

गिरिजानन्द साह गिरिजानन्द साह
जेष्ठ १६, २०८३, ७:३४ मध्यान्ह
जनताको अपेक्षा सम्बोधन गर्ने बजेट आएको छ : सञ्चारमन्त्री

नुवाकोट/जेठ १६ गते। सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सरकारले प्रस्तुत गरेको बजेट जनताको अपेक्षा, युवापुस्ताको सुशासन, समृद्धि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने गरी ल्याइएको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम पालिका अधिवेशनका अवसरमा तादी गाउँपालिका–५ मा आयोजित कार्यक्रममा मन्त्री तिमिल्सिनाले निर्वाचनका क्रममा जनतासामु गरिएका प्रतिबद्धता कार्यान्वयन गर्नु सरकार र जनप्रतिनिधिको प्रमुख दायित्व भएको उल्लेख गर्दै वर्तमान सरकार त्यसतर्फ दृढतापूर्वक अघि बढिरहेको बताए।

उनले बजेटले मुलुकको अर्थतन्त्रलाई आगामी दिनमा कुन दिशातर्फ अघि बढाउने भन्ने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको दाबी गर्दै सरकारका प्राथमिकता, राजस्व नीति तथा दीर्घकालीन विकास दृष्टिकोणलाई समेत समेटिएको बताए।

नीतिगत सुधारमार्फत विकास प्रक्रियालाई प्रभावकारी, सन्तुलित र समावेशी बनाउने प्रयास भइरहेको उल्लेख गर्दै समानुपातिक विकास सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।

‘विगतका वर्षहरूमा जस्तो छरिएको र उद्देश्यविहीन बजेट होइन, यसपटक राष्ट्रिय आवश्यकतालाई केन्द्रमा राखेर विकासको स्पष्ट प्रस्थानविन्दु तय गरिएको छ,’ मन्त्री तिमिल्सिनाले भने।

उहाँले नयाँ सोच र दृष्टिकोणअनुसार बजेट निर्माण गरिएको उल्लेख गर्दै विकास र बजेटको लाभ सीमित शक्तिशाली समूहमा केन्द्रित हुने अवस्थाको अन्त्य गर्न सरकार प्रयासरत रहेको बताए। बजेट वक्तव्यले सबै विषय समेट्न नसक्ने भएकाले विस्तृत योजना तथा कार्यक्रम ‘रातो किताब’मार्फत सार्वजनिक गरिने जानकारी पनि उनले दिए ।

जिल्लाका विभिन्न समस्या समाधानका लागि आफू सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री तिमिल्सिनाले स्थानीयवासीलाई आफ्ना गुनासा र समस्या जुनसुकै माध्यमबाट भए पनि जानकारी गराउन आग्रह गरे। प्राप्त समस्याको समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन पनि उनले दिए।

मन्त्री तिमिल्सिनाले वर्तमान बजेट सत्तारुढ दलहरूले निर्वाचनका क्रममा गरेका प्रतिबद्धता कार्यान्वयन गर्ने उद्देश्यसहित ल्याइएको दाबी गर्दै विकासमा सबै नागरिकको समान अधिकार सुनिश्चित गर्न सरकार केन्द्रित रहेको बताए। बजेटमार्फत आगामी २० वर्षलाई लक्षित गरी योजनाबद्ध विकासको आधार तयार गरिएको उनको भनाइ थियो।

उनले भ्रष्टाचार र बिचौलियातन्त्र अन्त्य गर्ने प्रतिबद्धतासहित सरकार अघि बढिरहेको स्पष्ट पार्दै यस्ता विकृतिविरुद्ध कडा कदम चालिने बताए। ‘राजनीति जनताका लागि गरिन्छ। गलत काम गर्नेहरू अब स्वाभाविक रूपमा अप्ठ्यारोमा पर्छन्,’ उनले भने।

सरकारका नीति, कार्यक्रम र योजनाको केन्द्रमा नागरिक रहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले विगतमा शासन व्यवस्था सीमित स्वार्थ समूहको प्रभावमा पर्दा युवाहरूमा असन्तुष्टि र विद्रोहको भावना बढेको धारणा राखे।

नागरिकलाई केन्द्रमा राख्ने शासन प्रणाली प्रभावकारी रूपमा स्थापित हुन नसक्दा जनतामा निराशा बढेको र त्यसले वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता महसुस गराएको उनको भनाइ थियो।

 

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

सिमरावाट फेरि अर्की ११ बर्षिया बालिका हराईन, गरिमाको त्रास

सिमरावाट फेरि अर्की ११ बर्षिया बालिका हराईन, गरिमाको त्रास

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा विरोध प्रदर्शन

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा विरोध प्रदर्शन

डेढलाख घुस लिने जनकपुरका कर अधिकृत रमेश ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर

हिमालयन लाइफका तत्कालीन सीईओ कर्णलाई २५ लाख धरौटीमा छाड्न आदेश

प्रहरीलाई सञ्चार सामाग्री हस्तान्तरण

प्रहरीलाई सञ्चार सामाग्री हस्तान्तरण

लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए सपथ 

लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए सपथ 

प्रादेशिक अस्पताल गौरलाई सुबिधा सम्पन्न बनाउन प्रदेश सरकारबाट १० करोड बिनियोजन

प्रादेशिक अस्पताल गौरलाई सुबिधा सम्पन्न बनाउन प्रदेश सरकारबाट १० करोड बिनियोजन

कन्नड स्टार यशको ‘टक्सिक’ले १०० करोडको ओपनिङ गर्ने प्रक्षेपण

कन्नड स्टार यशको ‘टक्सिक’ले १०० करोडको ओपनिङ गर्ने प्रक्षेपण

नवजात शिशुको खरिद-बिक्रीमा संलग्न महिला सेविकासहित पाँचजना पक्राउ

नवजात शिशुको खरिद-बिक्रीमा संलग्न महिला सेविकासहित पाँचजना पक्राउ

यी हुन् विश्वका सबैभन्दा पाँच मोटा नेता, पहिलो नम्बरमा किम जाेङ

यी हुन् विश्वका सबैभन्दा पाँच मोटा नेता, पहिलो नम्बरमा किम जाेङ

सप्तरीमा आँपको बागैचामा छोपिएको अवस्थामा एक बालकको शव फेला

सिरहाको गोलबजार–३ गागन खोलामा महिलाको शव फेला, पहिचान खुल्यो

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि