nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख ६, २०८३, ५:१८ मध्यान्ह
अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

नुवाकोट/बैशाख ६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले अभिव्यक्ति स्वतन्त्रताको नाममा भ्रामक तथा गैरजिम्मेवार सामग्री सम्प्रेषण नगर्न सञ्चारमाध्यम एवम् सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेका छन् ।
आईतबार विदुर नगरपालिकाको बट्टारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले सञ्चार जगत्ले जिम्मेवार एवम् आत्मअनुशासित भएर काम गर्नुपर्ने बताए । राज्यको चौथो अङ्गका रूपमा रहेको सञ्चार जगत् विधिविधान र आचारसंहिता परिपालनामा गम्भीर हुनुपर्ने मन्त्री तिमिल्सिनाको भनाइ थियो ।

सामाजिक सञ्जालमा मात्र नभै सञ्चार जगत्ले सम्प्रेषण गर्ने सामग्रीमा पनि केही समस्या छन् । यदि यस्ता कुरामा कडाई गर्न थाल्यौँ भने फेरि अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाइयो भनेर सञ्चारमाध्याम नै आवाज उठाउन थाल्छन्, उनले भने,यी सबै समस्या कारबाहीबाट समाधान गरिनुपर्छ भन्ने पक्षमा सरकार छैन । तपाईंहरू आफैँ स्वनियमन र आचारसंहिताको पूर्णपालनामा केन्द्रित हुनुहोला ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले समाचारले पार्ने प्रभावको बहुआयामिक विश्लेषण गर्न पनि आग्रह गरेका छन् । भ्रमको आयु छोटो हुन्छ, तर त्यसले पार्ने क्षति गम्भीर हुनसक्छ । त्यसैले अपुष्ट सूचनाबाट सञ्चारमाध्याम सचेत हुन जरूरी छ, उनको भनाइ थियो ।
सञ्चारमन्त्री डा तिमिल्सिनाले सरकारले पूर्ण प्रेस स्वतन्त्रता तथा व्यावसायिक पत्रकारितालाई प्रवर्द्धन गर्दै श्रमजीवि पत्रकारको हितमा काम गर्ने बताए । उनले विज्ञापन तथा सूचना प्रकाशन÷प्रसारणमा पारदर्शीता ल्याउन, मितव्ययिता कायम गर्न र सरकारी सञ्चारमाध्यमको प्रवर्द्धनका लागि विज्ञापन नीतिमा केही नयाँ व्यवस्था कार्यान्वयनमा ल्याइएको उल्लेख गरे ।

सरकारले आफ्ना सूचना तथा जानकारी सरकारी सञ्चारमाध्यामबाट मात्रै सम्प्रेषण गर्ने विषय पारदर्शिताको प्रश्नसँग जोडिएको छ । यसमा तमाम समस्या छन् र अनियमितता भएको छ भनेर पत्रकारिता क्षेत्रबाटै उठाइएका विषय हुन्”, सञ्चारमन्त्री डा तिमिल्सिनाले भने,संस्थागत रूपमा सुशासन कायम गर्ने दायित्व सञ्चारजगत्को पनि उत्तिकै रहेकाले श्रमजीवि पत्रकार र व्यावसायिक सञ्चारको संरक्षणमा सरकार प्रतिबद्ध छ ।
उनले सञ्चारमाध्यम बलियो नभए सरकार पनि बलियो नहुने उल्लेख गर्दै सञ्चारमाध्यम जिम्मेवार नभएसम्म सरकारलाई पनि जिम्मेवार बनाउन कठिन हुने धारणा राखे । सञ्चारमन्त्री डा तिमिल्सिनाले सरकारी सञ्चारमाध्यमलाई थप जिम्मेवार र व्यावसायिक बनाउन पहल भइरहेको उल्लेख गर्दै समाधानमुखी र तथ्यमा आधारित पत्रकारितामा जोड दिए। उनले विधिको पालना गर्दै सरकार जनताप्रति उत्तरदायी भएर काम गर्न प्रतिबद्ध रहेको बताए ।

नागरिकको करबाट सञ्चालित स्रोतको दुरुपयोग रोक्न सरकार गम्भीर छ । सरकारले काम र नतिजामार्फत जनतालाई जवाफ दिन्छ । हल्ला र अफवाहमा नभई सरकारले नीति र परिणाममा विश्वास गर्छ, उनले भने,वर्तमान सरकार गठन भएको तीन हप्ता मात्र भएको छ । यस अवधिमा नागरिकका अपेक्षा र आवश्यकता बुझेर काम अघि बढाइएको छ । निर्वाचनका क्रममा जनताले के चाहिरहेका छन् भन्ने हामीले बुझेका छौँ, हाल त्यहीअनुसार काम भइरहेको छ ।

विगतमा जनताका प्रश्नको उत्तर समयमै नदिइएका कारण हरेक नागरिकमा आशाको अभाव देखिएको उल्लेख गर्दै मन्त्री डा तिमिल्सिनाले हाल काममार्फत त्यसको उत्तर दिने प्रयास भइरहेको बताए । सहज सेवा प्रवाह, सुशासन, विकास निर्माणलगायत क्षेत्रका समस्या स्रोत–साधनको अभावले मात्र होइन, कार्यशैली र प्रतिबद्धताको कमीले पनि देखिएका थिए । यिनै समस्या चिर्ने काम सरकारले गरिरहेको छ, उनले भने ।

सरकारले सुशासन कायम गर्ने र प्रभावकारी सेवा प्रवाह गर्ने जनादेश पाएकाले सोहीअनुसार आफूहरूले काम गर्ने र कुनै समस्या भए निरन्तर खबरदारी र निगरानी राख्न पनि उनले आग्रह गरे । सरकारलाई सत्यमा आधारित प्रश्न गर्नुहोस् । समस्या देखिएका ठाउँमा गाँठो फुकाउन दबाब दिनुहोस् र समस्या समाधान कसरी गर्न सकिन्छ भनेर सुझाव दिनुस्, त्यसलाई सहर्ष स्वीकार्छौं, सञ्चारमन्त्री तिमिल्सिनाले भने,तथापि, सामाजिक सञ्जालमा फैलाइने भ्रामक सूचनाले कसैलाई फाइदा गर्दैन । यसमा सबै सचेत बनौँ ।

सेवा प्रवाहलाई सहज बनाउन सूचना र प्रविधिको अधिकतम् प्रयोग गर्ने सरकारको योजना रहेको पनि उनले जानकारी दिए । मन्त्री तिमिल्सिनाले युवा विदेशिने बाध्यता अन्त्य गर्न मुलुकभित्रको वातावरण सुधार्ने, देशलाई बस्न योग्य बनाउने र अवसर सिर्जना गर्ने लक्ष्यसहित काम भइरहेको उल्लेख गरे । काम गर्ने क्रममा समस्या आउन सक्ने स्वीकार्दै उनले नियत सही भए प्रक्रियागत रूपमा समाधान गर्न सकिने बताए । मन्त्री तिमिल्सिनाले केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्यलाई प्राथमिकता दिइने उल्लेख गर्दै बुझाइमा केही समस्या भए पनि सेवा प्रवाहमा असर पर्न नदिने प्रतिबद्धता जनाए ।रासस

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

जनकपुरधाममा अन्डर–१२ क्रिकेट टुर्नामेन्ट हुँदै, ट्रफी अनावरण सम्पन्न

जनकपुरधाममा अन्डर–१२ क्रिकेट टुर्नामेन्ट हुँदै, ट्रफी अनावरण सम्पन्न

व्याहुत कलवार सेवा समितिको युवा मञ्चमा नयाँ कार्यसमिति चयन

व्याहुत कलवार सेवा समितिको युवा मञ्चमा नयाँ कार्यसमिति चयन

मधेशको भुमीबाट लियो ३२५ एफको डिस्ट्रिक्ट प्रेसिडेन्टमा लियो आकाश साह निर्वाचित

मधेशको भुमीबाट लियो ३२५ एफको डिस्ट्रिक्ट प्रेसिडेन्टमा लियो आकाश साह निर्वाचित

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन

वीरगन्जमा आयोजित प्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मीले जित्यो

वीरगन्जमा आयोजित प्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मीले जित्यो

१०० रुपैयाँ बढीको सामानको भन्सार तिर्नुपर्ने नियम खारेज नगरे आन्दोलन गर्ने जेनजी पर्साको चेतावनी

१०० रुपैयाँ बढीको सामानको भन्सार तिर्नुपर्ने नियम खारेज नगरे आन्दोलन गर्ने जेनजी पर्साको चेतावनी

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!