जनकपुरधाम/साउन २७ गते। मधेश प्रदेशमा बढ्दो सुख्खा संकटबारे गम्भीर बहस सहित ‘“सुख्खा संग संघर्ष : मधेशमा युवा र जलवायु न्याय” भन्ने उप–थीमसहित अन्तर्राष्ट्रिय युवा दिवस २०२५ जनकपुरधाममा भव्य रूपमा सम्पन्न भएको छ। Association of Youth Organizations Nepal (AYON) को आयोजनामा र British Council को सहयोगमा आयोजित कार्यक्रम यस वर्ष काठमाडौंको सट्टा जनकपुरधाममा गरिएको हो।
कार्यक्रमको उद्देश्य स्थानीय युवाको आवाजलाई प्रत्यक्ष रूपमा नीति निर्माण तहसम्म पुर्याउने र जलवायु संकटका बीच मधेशका चुनौतीहरूलाई राष्ट्रिय एजेन्डामा ल्याउनु रहेको आयोजकले जनाएका छन्।
कार्यक्रमको अध्यक्षता युवा बिकाश साहले गरेको थियो। प्रमुख अतिथि पूर्व मेयर लाल किशोर शाह र विशिष्ट अतिथिमा AYON का Program Director उदित तिमल्सिनाको उपस्थित रहेको थियो।
राष्ट्रिय गान, जनकपुरलाई समर्पित गीत र किसानको सम्मानमा मौनधारणपछि, दीप प्रज्वलन र ब्यानर हस्ताक्षर गरेर कार्यक्रमको औपचारिक सुरुवात भएको थियो। सहभागीहरूले “मधेशमा जलवायु परिवर्तन रोक्न र संरक्षणका लागि” हस्ताक्षर अभियानमा सहभागिता जनाएका छ्न। स्वागत मन्तव्यमा अध्यक्ष साहले Plastic-Free Tomorrow अभियानको महत्त्वबारे समेत जानकारी दिए। उद्घाटन सत्रको अन्त्यमा नेम कोचिङ सेन्टरका किशोरीहरूले मैथिली गीत झिझिया मा स्वागत नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रममा दुई चरणमा जलवायु परिवर्तन, सुख्खा, चुरे संरक्षण, सिँचाइ, कृषि र युवाको भूमिकाबारे छलफल भएको थियो। पहिलो चरणमा समस्या पहिचानमा चुरे विनाश, पानी अभाव, दीर्घकालीन सिँचाइ र नीति कार्यान्वयनको कमीबारे चर्चा भयो भने दोस्रो चरणमा पोखरीहरूको पुनः प्रयोग, वनरोपण, किसान सशक्तिकरण र तथ्यांकमा आधारित योजना निर्माणलाई प्राथमिकतामा राख्ने सुझाव आएको थियो।
तेस्रो सत्रमा पूर्व मेयर साहले जनकपुरको ऐतिहासिक, सांस्कृतिक र राजनीतिक पृष्ठभूमि र सहरीकरणका चुनौतीबारे मन्तव्य राखे। फोटो प्रदर्शनीमा मधेशमा सुख्खा र जलवायु संकटका प्रभावहरू देखाइएका थिए भने एक पटक प्रयोग हुने प्लास्टिकको हानीबारे नाटक प्रस्तुत गरिएको थियो।
समापन सत्रमा अध्यक्ष साहले सबैलाई धन्यवाद दिंदै युवालाई जलवायु न्यायका लागि एकजुट भएर अगाडि बढ्न आह्वान गरेका छ्न । कार्यक्रममा सहभागी युवाको विचार, माग र प्रतिबद्धतासहितको मधेश प्रदेश युवा घोषणा–पत्र तयार पारिएको छ, जसलाई प्रदेश सरकारको मुख्यमन्त्रीलाई बुझाइनेछ।














Discussion about this post