बैशाख २५ गते। श्री एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । भैरहवाबाट काठमाडौंका लागि उठेको श्री एयरलाइन्सको जहाज उडेको केही समयमा नै ‘ल्याण्डिङ गियरमा समस्या भएर दायाँबायाँ जान नसक्ने भयो । पाइलटले ठूलो हिम्मत कसेर फेरि भैरहवा नै फर्काएर सिधा धावनमार्गमा मात्र ल्याण्ड गराए ।
त्यसपछि उक्त विमान रनवेमै रोकिंदा भैरहवा विमानस्थल करिब ५० मिनेट अवरुद्ध भयो । विमानस्थलको रनवे खाली नभएपछि काठमाडौंबाट गएको यतीको हवाईजहाज काठमाडौंमै फर्किएको थियो ।
अहिले भने श्री एयरलाइन्सको जहाज रनवेबाट हटाइसकिएको भैरहवा विमानस्थलका प्रवक्ता दीपक बज्राचार्यले जानकारी दिनुभयो । आज बिहान भैरहवाबाट काठमाडौं उडेको उडान नम्बर एसएचए ८२२ नम्बरको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि २० मिनेटमै भैरहवामै फर्किएर ल्याण्ड गरेको थियो । सो जहाजको ल्याण्डिङ गिएरमा समस्या देखिएपछि भैरहवामै फर्किएको विमानस्थल स्रोतले बतायो ।
स्रोतका अनुसार ‘ल्याण्डिङ गियरमा समस्या भएर दायाँबायाँ जान नसक्ने भएपछि रनवेमै अड्किएको थियो । पछि आफ्नै पावरमा साइड लाग्यो । यसले गर्दा करिब ५० मिनेट विमानस्थल प्रभावित भयो ।’





















Discussion about this post