विवाह भनेको दुई परिवारको मिलन मात्रै नभएर एक रमाइलो उत्सवको क्षण हो । विवाहमा धेरै रीतिरिवाज र संस्कार हुन्छन् । विवाह धेरै रमाइलो हुन्छ । तर कहिलेकाहीँ यस्ता घटना पनि हुन्छन् कि त्रासदी पनि हाँसोमा परिणत हुन्छ । यस्तै एउटा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
भिडियोमा दुलहा र दुलही विवाह मण्डपमा रीति पूरा गरिरहेका छन् । अचानक त्यहाँ पुगेर एक व्यक्ति केही गडबढ गर्न खोज्छन्, जुन देखेर धेरैलाई हाँसो लाग्यो । इन्स्टाग्राममा साझा गरिएको यो भिडियो विवाहको हो । दुलहा र दुलहीले विवाहको विधि पूरा गर्दैछन् । दुलहीको तर्फबाट एउटी महिलाले दुलहालाई सिन्दूर दिइन् । बेहुलीलाई सिन्दुर लगाउने क्रममा अचानक त्यहाँ पहेँलो टिसर्ट र निलो जिन्स लगाएका एक पुरुष मुख छोपेर पुग्छन् ।
अनि जबरजस्ती दुलहीको सिउँदोमा सिन्दूर हाल्छन् । दुलहा र प्रेमीबीच लगभग कुस्ती सुरु हुन्छ । दुलहाले रोक्न खोजे पनि ती युवक रोकिएनन्, सिन्दूर हालेरै छोडे । यो सब घटनाले दुलही पनि स्तब्ध र निराश देखिन्छिन् । सामाजिक सञ्जालमा यो भिडियो साझा गर्दै क्याप्सनमा लेखिएको छ, ‘विवाहको बीचमा प्रेमी पुगे र दुलहीको सिउँदोमा सिन्दूर हाले, बेहुलाले हेरिरहे ।’
भिडियोले सामाजिक सञ्जालमा सबैको ध्यान खिचेको छ । कसैका लागि यो त्रासदी त कसैका लागि मजाक हो । यद्यपि मानिसहरूले केटीको प्रतिक्रियालाई सबैभन्दा गज्जब भनेका छन् । भिडियोमा दुलहीले केटालाई तिमी को हौँ भाइ भनेर सोधेकी छिन् । उनले आफ्नो प्रेमीलाई चिन्न अस्वीकार गरेजस्तो लाग्छ । दुलहीको यस्तो हावभाउ देखेर मानिसहरु पनि छक्क पर्छन् । यो कुनै नाटक हो वा सत्य घटना यसबारे केही खुलाइएको छैन् ।
हेर्नुहोस भिडियो














Discussion about this post