nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

त्रिवि समाजशास्त्र विभाग प्रमुखमाथि आंशिक शिक्षकको आ क्रमण प्रयास

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख २३, २०८०, १२:३२ मध्यान्ह
त्रिवि समाजशास्त्र विभाग प्रमुखमाथि आंशिक शिक्षकको आ क्रमण प्रयास

काठमाडौँ/बैशाख २३ गते।आंशिक शिक्षक ललित विष्टले हेलमेट बजार्दै त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागका प्रमुख डा. युवराज लुइँटेलको कार्यकक्षमा तो डफोड गरेका छन्।

आफ्नो कक्षाको समयमा पढाउनसमेत नगइ विभागीय प्रमुख लुइँटेलको कार्यकक्षमा गएर १३ वैशाखमा तोडफोडमा उत्रिएको भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौँमा विष्टविरुद्ध किटानी जाहेरी दर्ता भएको छ।

विभागको तर्फबाट आएको जाहेरी दर्ता गरेर अनुसन्धान सुरु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालले बताएका छन्।

समाजशास्त्र विभागका प्राध्यापकहरुका अनुसार विष्टले १३ वैशाखको अपराह्न करिब १२:४० देखि २:२० बजेको समयमा अभद्र व्यवहार गरेका थिए। सीसी क्यामराको दृश्यमा शिक्षक विष्टले विभागीय प्रमुख लुइँटेलतिर लक्षित गरेर अपशब्द बोल्दै हेलमेट बजारेको देख्न सकिन्छ। तनावको स्थिति सिर्जना भएपछि त्यहाँ उपस्थित एक जना विद्यार्थीले उनलाई रोक्ने प्रयाससमेत गरेको देखिन्छ।

शिक्षक विष्टले एकतर्फी अपशब्द बोलिरहँदा विभागीय प्रमुख लुइँटेलले ‘के बोल्नुभएको यस्तो’ भन्दै प्रश्न गरेको सुनिन्छ। तर, उनले ‘कुर्सीमा बसेर हावा कुरा गर्ने’ भन्दै सोफामा चढेर तोडफोडमा उत्रिएको भिडियोमा देखिएको छ।

विभागीय प्रमुख लुइँटेलका अनुसार विष्टले आफूलाई समाजशास्त्र केन्द्रीय विभागको करार शिक्षकमा नियुक्त गर्नुपर्छ भन्दै पटकपटक दबाब दिँदै आएका थिए। घटनापछि प्रहरी वृत्त, कीर्तिपुरको टोलीसमेत समाजशास्त्र विभाग प्रमुखको कार्यकक्षमा पुगेको थियो।

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीसँग छलफल भएपछि टेकुमा जाहेरी दर्ता भएको थियो। समाजशास्त्र विभागका प्राध्यापकहरुका अनुसार आवश्यकताका आधारमा आंशिक शिक्षकहरुलाई करारमा लैजान मिल्ने गरी केही अघि आंशिक शिक्षक व्यवस्थापन कार्यविधि बनेको थियो।

त्यही अनुसार अहिले तीन जना शिक्षकलाई करारमा लैजाने प्रक्रिया सुरु भएको थियो। विभागीय प्रमुख लुइँटेलका अनुसार कार्यविधिअनुसार करारमा लैजानका लागि सुरुमा केन्द्रीय विभागबाट स्वीकृति लिनुपर्छ। त्यसका लागि त्रिवि रजिष्टारको कार्यालयमा स्वीकृतिका लागि निवेदन पठाइएको थियो। तर, स्वीकृति आउनुअघि शिक्षक विष्टले यो विषयलाई लिएर विभागीय प्रमुख लुइँटेलको कार्यकक्षमा दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ।

प्राध्यापकहरुका अनुसार हाल विभागमा ५ जना आंशिक शिक्षक छन्। आंशिक शिक्षक व्यवस्थापन कार्यविधिमा ज्येष्ठता, निरन्तरता, औचित्यता, आश्यकता र स्रोतको उपलब्धताको आधारमा विभागले केन्द्रसँग स्वीकृत लिएर करारमा नियुक्त गर्नसक्ने उल्लेख छ।

कतिपय प्राध्यापकहरुले उनले राजनीतिक भागबण्डाको आधारमा करारमा नियुक्ति गर्नुपर्ने माग गर्ने गरेको बताएका छन्। यसैबीच, जिल्ला प्रहरी परिसर, काठमाडौँमा पुगेर समाजशास्त्र विभागका प्राध्यापकहरुले त्रिभुवन विश्वविद्यालयमा कार्यरत रहँदा न्यूनतम सुरक्षाको प्रत्याभूति गराइदिन माग गरेका छन्।

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

एक जना अनमीको भरमा प्रसूति सेवा

एक जना अनमीको भरमा प्रसूति सेवा

आज अक्षय तृतीया मनाइदै,यस्तो छ शास्त्रीय महत्त्व

आज अक्षय तृतीया मनाइदै,यस्तो छ शास्त्रीय महत्त्व

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!