सिन्धुली/चैत २९ गते। बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ मा पर्ने गढी गेट नजिक भारतीय नम्बर प्लेटकाे कार दुर्घटना हुँदा ४ जनाको मृ त्यु भएको छ ।
गएराति साढे १२ बजे पूर्वबाट काठमाण्डौतर्फ जाँदै गरेको बीआर ०६ डिडि ०६८७ नं. भारतीय कार सडकबाट ५ सय फीट तल खसेर दुर्घटना भएको हो ।
५ जना सवार कारमा ३ जनाको घटनास्थलमै ज्या न गएको र २ जनाको उद्धार गरि उपचारका लागि सिन्धुली अस्पतालमा ल्याइएकोमा १ जनाको अस्पतालमा ज्या न गएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जिवि दाहालले जानकारी दिनुभयो ।
घाइते अर्का एक जनाको उपचार भइरहेको छ । दुर्घटनामा परेका कसैको पनि परिचय खुल्न नसकेको प्रहरीले जनाएकाे छ ।














Discussion about this post