ईजनकपुरटुडे बाट साभार/चैत १२ गते। रमजानको अवसरमा गाईको कबाबमा १० प्रतिशत छुट सहितको विज्ञापन गरेका हिन्दू परिषद् नेपालका केन्द्रीय सदस्य अरुण झाले संचालन गरेको चिकेन स्टेशनमा शनिवार राति प्रहरीले छापा मारेको छ ।
झाले सञ्चालन गरेको लोहारपट्टी स्थित चिकेन स्टेशन रमजानको अवसरमा गाईको बिरयानीमा १० प्रतिशत छुटमा विज्ञापन सामाजिक संजालमा आएपछि सर्वत्र आलोचना भएपश्चात् चिकेन स्टेशन नामक फेसबुक पेजबाट सो विज्ञापन हटाइएको छ ।
धर्म, संस्कृति स्थापनार्थ ब्राह्मण समुदायले प्राण त्याग गरेको इतिहास पढ़दै आएको हाम्रो समाजमा ब्राह्मणको नाममा पैसा मात्र कमाउने उद्देश्य बोकी हिंड़ने झा जस्ता ब्राह्मणहरूको कारण सिंगो ब्राह्मण समाजमाथि औँला ठड्याउने मौका विरोधीहरुले पाएको स्थानीयहरुको भनाइ छ ।
यस सन्दर्भमा अरुण झासँग बुझ्दा उनले भूलवस हुन गएको प्रतिक्रिया दिए । उनले हामीहरुले गाईको पूजापाठ गर्ने गरेका कारण चिकेन कवाव हुनुको साटो विफ भएकोले सो भूलबस भएको बताए । विज्ञापनका डिजाइनरबाट गल्ती भएको र फेसवुक चलाउने कर्मचारीले ध्यान नदिएका कारण यस्तो भएको उनले स्वीकार गरे ।
यस सन्दर्भमा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसँग बुझ्दा उनले यो विज्ञापन नेपालको प्रचलित कानून विपरीत भएको भन्दै प्रमाणित भएमा कठोर कारवाही गरिने प्रतिक्रिया दिए । शनिवार राति ८ बजे जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरीको एक टोलीले सो होटलमा छापामारे पनि केही बरामद नभएको प्रहरीले जनाएको छ ।-ईजनकपुरटुडे बाट














Discussion about this post