nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लघुवित्तको ऋण : जति तिरे पनि सकिंदैन

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन ९, २०७९, ७:५२ मध्यान्ह
लघुवित्तको ऋण : जति तिरे पनि सकिंदैन

रौतहट । श्रीमान् विदेश (मलेशिया) जाने भएपछि गुजरा नगरपालिका-८ जोगौलियाकी कुन्तीकुमारी चौधरीले डिप्रोस लघुवित्तबाट ६५ हजार ऋण लिइन् । विदेशबाट श्रीमानले पठाएको पैसाले ऋण चुक्ता गर्छु र छोराछोरीलाई राम्रो स्कुलमा पढाउँछु भन्ने सोचेर कुन्तीकुमारीले लघुवित्तबाट त्यो ऋण लिएकी थिइन् ।

तर, लघुवित्तको ऋणले उनलाई यसरी गाँज्यो कि त्यो पैसा तिर्न अहिले उनले मिटरब्याजमा समेत ऋण लिएकी छिन् । श्रीमानले विदेशबाट पठाएको पैसा लघुवित्तको ब्याज तिर्नै ठिक्क भएपछि घर-खर्च चलाउन अर्को लघुवित्तबाट थप ऋण लिइन् ।

लघुवित्तबाट लिएको ऋणको ब्याज समयमा चुक्ता गर्न नसकेपछि लघुवित्तले ब्याज पनि सावाँमा जोड्ने गर्छ । यसरी छिटो-छिटो ब्याज समेत सावाँमा जोडिंदै गएपछि आफ्नो ऋण कति पुग्यो ऋणीलाई थाहा हुन छाड्छ । ‘ब्याज पनि सावाँमा जोड्यो भन्छन्’ कुन्तीकुमारी भन्छिन्, ‘ऋण कति पुग्यो भन्ने थाहै छैन ।’

डिप्रोसबाट लिएको ऋण तिर्न उनले निर्धन लघुवित्तबाट १ लाख रुपैयाँ ऋण लिएकी थिइन् । मलेशिया गएका उनका श्रीमान् बिरामी भएर दुई वर्षमै घर फर्किए । त्यसपछि, ‘बैंक (लघुवित्त) को ऋण तिर्न तीन जना महाजनसँग ३६ प्रतिशत ब्याजमा तीन लाख ऋण लिएकी छिन् । ऋणको दलदलमा फसेकी कुन्तीकुमारी त्यहाँबाट उम्किने बाटो खोज्दा झन्-झन् दलदलमा फसिरहेकी छिन् ।

जोगौलिया गाउँमा अनलाइनखबरले भेटेका ४० भन्दा बढी महिला सबैले लघुवित्त र मिटरब्याजी साहुले दैनिक तनाव दिने गरेको सुनाए । लघुवित्त र मिटरब्याजी साहुले मोटसाइकल पछाडि बाँधेर सडकमा घिसार्छु भनेर समेत धम्की दिएको सुनाउँछन् यी महिलाहरू ।

लघुवित्तको ऋण-चक्रमा परेका देहातका महिला प्रायः लेखपढ गर्न जान्दैनन् । लेखपढ गर्न नजान्ने उनीहरूलाई आफ्नो ऋण कति छ भन्ने समेत थाहा छैन ।

मिर्गौला रोगी श्रीमानको उपचार गर्न लघुवित्तबाट ऋण लिएकी कौशर जहाँ लघुवित्तको ऋण तिर्न भनेर साहुको दैलोमा पुगिन् । घडेरी दृष्टि बन्धक राखेर साहुको पैसा लिएकी उनलाई अहिले साहुले घर भत्काऊ जग्गा बेच्छु भनेर अत्याइरहेका छन् ।

पीडित कौशर जहाँ 

‘घर तोड हामी जग्गा बेच्छौं भन्छन्’ कौशर भन्छिन्, ‘बिरामी श्रीमानलाई लिएर म कहाँ जानु ?’ जीवन-मरणको दोसाँधमा पुगेका महिलासँग यस्ता अनुत्तरित प्रश्न कति छन् कति !

लघुवित्तको ऋण-चक्रमा परेका हरेकजसो घरमा अत्यासलाग्दो कथा छ । देहातका गाउँमा ताल्चा लगाएका घर देखियो भने दुई अनुमान लगाउन सकिन्छ । पहिलो : लघुवित्तको ऋण तिर्न नसकेर छाडिएको घर । दोस्रोः ब्याज माग्न आउने कर्मचारीबाट जोगिन महिलाहरू लुक्न गएको ।

बारा जितपुर सिमरा उपमहानगरको नगौल, सिर्जना नगर र रौतहटको चन्द्रपुर, गुजरा नगरपालिकाका महिलाले लघुवित्तका कर्मचारीको तनाव झेल्न नसकेपछि आफूहरू लुक्न जंगल जाने गरेको पीडा सुनाए ।

लघुवित्तको यो यातना यत्तिमै सकिंदैन । रौतहट चन्द्रपुर नगरपालिका ६ मोतिहायीकी अनिता चौधरीले लघुवित्तको ऋण तिर्नकै लागि भनेर स्कुल पढ्दै गरेको १५ वर्षे छोरालाई निर्माण मजदुरको काम गर्न बुटवल पठाइन् ।

आशा लघुवित्तबाट ८० हजार रुपैयाँ लिएकी उनले अहिलेसम्म साढे दुई लाख रुपैयाँ तिरिसकिन् । ‘जति तिरे पनि सकिंदैन’ अनिता भन्छिन्, ‘राति, राति आएर घरको ढोकामा लात्तले हान्छन् । पैसा जसरी पनि दे भन्छन् ।’ लघुवित्तका कर्मचारीको तनाव झेल्न नसकेपछि १५ वर्षे बालकलाई निर्माण मजदुरको काम गर्न पठाउन बाध्य भइन् उनी ।

लघुवित्त पीडित अनिता चौधरी ।

लघुवित्तको ऋण तिर्न नसकेकै कारण अनिताकी जेठानी कविता चौधरीको परिवार दुई वर्ष पहिले नै भागेर भारत पसेको छ । स्वरोजगार, निर्धन र मेरो लघुवित्तबाट ऋण लिएकी कविताको घरका सरसामान मात्र होइन, घर नै भत्काए लघुवित्तका कर्मचारीले ।

आफ्नो घर अगाडिको आँगनको कुना देखाउँदै अनिता भन्छिन्, ‘ऊ त्यहाँ घर थियो । सामान लगे, घर पनि भत्काएर गए ।’ कविताको घरको नामोनिसान छैन अहिले ।

ऐलानी जमिनमा घर बनाएर बसिरहेकी अनिता आफ्नो पनि जेठानीकै हालत हुने हो कि भनेर चिन्तामा छिन् । ‘मेरो पनि घर भत्काउँछु भन्छन्’, कविता चिन्ता मान्छिन् ।

मधेशमा देहातका हरेक घरसम्म पुगेका लघुवित्तले महिलाहरूलाई समूह बनाउन लगाएर धितो नराखी ऋण दिन्छन् । आय आर्जन नभएका महिलालाई विभिन्न पेशा, व्यवसाय गर्न भनेर लघुवित्तले दिने ऋणले गर्दा परिवार नै विखण्डित भइरहेका छन् ।

चन्द्रपुर नगरपालिका वसन्तपुरकी ७० वर्षे देवीमाया परियारका दुई छोराबुहारी लघुवित्तको ऋण तिर्न नसकेकै कारण गाउँ छाडेर भागे । देवीमायाका छोराहरू मीनबहादुर परियार, केशवबहादुर परियार र बुहारीहरू शान्ता परियार, मदन परियार गाउँ छाडेर भागेका हुन् । ‘छोराबुहारी कहाँ छन् मलाई खबर छैन’ ७० वर्षे देवीमाया एक्लिएकी छिन्, ‘एउटा छोरा इण्डिया छ भन्छन् थाहा छैन ।’

रौतहट गजौलियकी अर्मिखन कुमारीका श्रीमान् ७ वर्षदखि मलेशियाबाट फर्केका छैनन् । श्रीमानको राहदानी बनाउन डिप्रोस लघुवित्तबाट १० हजार ऋण लिएकी उनले त्यो ऋण तिर्न भनेर निर्धन, साना किसान र फरवार्ड लघुवित्तबाट ऋण लिइन् ।

चारवटा लघुवित्तबाट उनले लिएको ऋण बढेर अहिले ८ लाख पुगिसक्यो । लघुवित्तका कर्मचारीले हरेक दिन घरमा आएर ऋण तिर् भनेर धम्क्याउँछन् । श्रीमानले विदेशबाट पठाएको पैसा ब्याज तिर्न पनि पुग्दैन ।

गजौलियाकी सलमा खातुन, कुन्तीकुमारी, अर्मिखन कुमारी, गायत्रीकुमारी चौधरी, हलिमा खातुन, रामवती देवी, हेमन्तीदेवी चौधरी, सविला खातुन, भनेरमा देवी, लालुमा नेशा, कविरा खातुन लगायत महिलाहरूको पीडा समान छ ।

यी महिलाहरूको पीडा मात्रै होइन आर्थिक र सामाजिक अवस्था पनि समान छ । खेत-खलिहान र घरधन्दामा जीवनको आधा भन्दा बढ्ता समय बिताइसकेका यी महिला यतिखेर ऋणको पासोमा परेका छन् । ‘हामी लेख्न, पढ्न जाँन्दैनौं । उतिखेर ऋण लिइहाल्यौं, अब यो जति तिरे पनि सकिंदैन’, जोगौलियाकी रामवती बिन भन्छिन् ।

लघुवित्तको ऋणका कारण तालाबन्दी भएका घर

अवस्था कस्तोसम्म छ भने लघुवित्तको ऋणको दलदलमा फसेका महिलासँग ऋणका कागजात पनि छैनन् । आफूले कुन-कुन लघुवित्तबाट ऋण लिएको छु भन्ने पनि उनीहरूलाई थाहा छैन । आफूले तिर्नै नसक्ने ऋणको भारी बोकेको छु भन्ने मात्रै थाहा छ ।

तर, ऋणको यो भारी कसरी बिसाउने हो थाहा छैन । ‘ऋण तिर्न सकिएला भनेर अर्को ऋण लियौं । त्यो ऋण तिर्न फेरि अर्को ऋण लियौं’ अनिता चौधरी सुनाउँछिन्, ‘यो ऋणै ऋणले हामी त डुबिसक्यौं ।’

तिर्नै नसक्ने ऋणको भारी बोकिरहेका यी महिला ऋण तिर्ने चक्करमा फेरि ऋणको पासोमा परेका हुन् । एउटा लघुवित्तबाट ऋण लिएपछि फेरि अर्को लघुवित्तको ऋण लिन बाध्य भएका यी महिलाहरू लघुवित्तका कर्मचारीका लागि बचत र समूह बनाउने टार्गेट पूरा गर्ने माध्यम मात्रै भएका छन् ।

रौतहटको चन्द्रपुर नगरपालिका, बसन्तपुरकी विष्णु नेपाली सुनाउँछिन्, ‘एउटा समूह (लघुवित्त) मा बसेका छौं भन्दा पनि सरहरूले तपाईंहरू बस्नुपर्छ दिदी हाम्रो टार्गेट पूरा हुन्छ भन्थे । हामीलाई पनि ऋण तिर्नु थियो सजिलो हुन्छ भनेर बस्यौं ।’ लघुवित्तको समूह बनाउन कम्तीमा १० र बढीमा ४० जना हुनुपर्ने नियम छ ।

समूह बनाइसकेपछि लघुवित्तका कर्मचारीहरूले ऋण लिनुपर्छ भन्दै उक्साए । ‘ऋण लिनुपर्छ । ऋण लिएपछि राम्रो समूह हुन्छ’ विष्णु सुनाउँछिन्, ‘हामीले पनि होला भनेर लियौं ।’

११ वटा लघुवित्तबाट पैसा लिएकी उनले सुरुमा ७५ हजार रुपैयाँ ऋण लिएकी थिइन् । ‘त्यस बापत मैले दुई लाख रुपैयाँ ब्याज तिरिसकें’ विष्णु सुनाउँछिन् । त्यही ऋण तिर्न उनले अरू लघुवित्त र मिटर ब्याजबाट समेत ऋण लिइन् । मिटर ब्याजको ऋण तिर्न नसकेपछि उनले आफ्नो घर भएको १२ धुर जमिन समेत दृष्टि बन्धक राखिन् । ऋणका कारण घरजग्गा नै साहुको हातमा थमाउन बाध्य भएकी विष्णुसँग अब सम्पत्तिका नाममा केही छैन । अर्काको खेतबारीमा काम गर्ने विष्णु भन्छिन्, ‘त्यही घर र घर भएको जग्गा मात्रै थियो, अब त्यो पनि रहेन ।’

बसन्तपुरकै तारा परियारले निर्धन लघुवित्तबाट २० हजार रुपैयाँ ऋण लिएकी थिइन् । त्यो २० हजार बढेर अहिले २ लाख २५ हजार पुगिसक्यो । लघुवित्तको ऋण तिर्न भनेर उनले साहुसँग एक हजार रुपैयाँको एक दिनको १० रुपैयाँ ब्याज तिर्ने शर्तमा अर्को ऋण लिइन् । दोहोरो ऋणमा परेकी उनी अचेल घरमा कोही आउला भनेर जंगलमा लुक्न जान्छिन् ।

‘दिनकै पैसा माग्न आउँछन् । हरेक दिन कसरी पैसा दिनु हामीले’, तारा भन्छिन् । लघुवित्त र साहुको दोहोरो ऋण-चक्रमा परेकी उनी बसन्तपुर छाड्ने सोचमा छिन् । उनी भन्छिन्, ‘यहाँ बस्नै नसकिने भयो, छाडेर जान्छु ।’ तर, ६ जना परिवार लिएर कहाँ जाने उनलाई नै थाहा छैन ।

बारादेखि रौतहटका दर्जन बढी गाउँमा भेटिएका लघुवित्त पीडित महिला बीच एउटा समानता छ । उनीहरू लेखपढ गर्न जान्दैनन् । उनीहरूसँग घरजग्गा छैन । र, पीडित महिला अधिकांश कथित तल्लो जातका हुन् ।

लघुवित्त र मिटर ब्याज पीडितका पक्षमा आवाज उठाइरहेका शिवशंकर महतोले संकलन गरेको विवरण अनुसार रौतहटको गुजरा नगरपालिका ८ नम्बर वडाका १०८ जना महिला लघुवित्त र मिटर ब्याजको दोहोरो पासोमा परेका छन् । यीमध्ये अधिकांशको आफ्नो नाममा जमिन छैन । लघुवित्तको ऋण तिर्न भनेर मिटरब्याजी साहुसँग ऋण लिन पुगेका महिलाले आफू बसिरहेको ऐलानी जग्गा समेत गुमाइरहेका छन् ।

ऋण उठाउन आउने साहु र लघुवित्तका कर्मचारीले दिने मानसिक यातना बेहिसाब छ । घर छाडेर जंगलमा लुक्न पनि कति जानु । ‘लुक्न जानु त सामान्य भइसक्यो’ रौतहट बसन्तपुरकी विष्णु नेपाली भन्छिन्, ‘घरमा आएर छोराछोरीलाई तेरो आमा निकाल् भन्दै अनेक गाली गर्छन् ।’

आर्थिक समस्यासँग जुध्नका लागि ऋण लिएका महिलाहरू ऋण तिर्दातिर्दै थकित गलित भइसकेका छन् । गरिबीको खाडलबाट उम्किन ऋण लिएका महिला यतिखेर घरबासै त्याग्नुपर्ने बाध्यतामा छन् ।

कसरी दिन्छ लघुवित्तले ऋण ?

लघुवित्तले सीधै कुनै ग्राहकलाई ऋण दिंदैन । उसले गाउँमा गएर सर्वसाधारण नागरिकको भेला गराउने नेशनल लघुवित्त वित्तीय संस्थाको सन्तपुर रौतहट शाखाका अनुगमन अधिकृत राजकुमार दास बताउँछन् ।

भेलामा सहभागी मान्छेहरूलाई लघुवित्तले सहज रूपमा ऋण दिने र पैसा बचत पनि हुने सुनाउँछन् । स्थानीयहरू राजी भएपछि लघुवित्तले न्यूनतम १० र अधिकतम ४० जना महिला राखेर समूह बनाउँछ । समूह बनेपछि ७ दिनको तालिम दिइन्छ ।

तालिममा समूहमा बसेपछि गर्नुपर्ने काम र ऋण लिने र चुक्ता गर्ने प्रक्रियाबारे लघुवित्तका कर्मचारीले बुझाउँछन् । समूहबाट कसैले ऋण लिन चाहेमा लघुवित्तले ऋण लिन चाहेको मान्छेले अरू संस्थाबाट ऋण लिए नलिएको जाँच गर्नुपर्छ । तर, व्यवहारमा यसो गरिंदैन । लघुवित्त ऋणको पासोमा परेका महिलाहरूले बताए अनुसार लघुवित्तले यस्तो जाँच गर्दैन ।

तर, समूहका सबै सदस्यले एकैपटक भने ऋण लिन पाउँदैनन् । दासका अनुसार २/३ महिनाको अन्तरमा समूहमा रहेका सबै महिलाले ऋण पाउँछन् । ऋण लिनुपर्ने कारण हेरिसकेपछि आवश्यक कागजात र कर्जा सूचना केन्द्रको विवरण हेरेपछि लघुवित्तले ऋण दिने, नदिने तय गर्छ ।

त्यसपछि सम्बन्धित ग्राहकलाई बोलाएर कर्जाको अवधि समेत निर्धारण गरेर कर्जा सम्झौता हुन्छ । कर्जा सम्झौता गर्दा परिवारको एकजना मूल सदस्य र ऋणी रहेको समूहको अध्यक्षको रोहबरमा कर्जा लगानी गर्ने गरिएको बताउँछन दास ।

कर्जा लगानी गरिसकेपछि लघुवित्तले आफूले दिएको कर्जाको सदुपयोग भए/नभएको नियमित अनुगमन गर्नुपर्ने हुन्छ । अनुगमनका क्रममा कर्जाको सदुपयोग नभएको पाइएमा शतप्रतिशत ‘प्रोभिजन’ गर्नुपर्ने व्यवस्था छ । तर व्यवहारमा यस्तो कुनै काम हुँदैन । लघुवित्त प्रभावित महिलाहरूले बताए अनुसार ऋण दिएपछि लघुवित्तको चासो पैसा उठाउनमा मात्रै रहन्छ ।

कसरी फसे उनीहरू ऋणको पासोमा

अर्थोपार्जनका लागि केही गर्छु भन्ने चाहना भएका तर, पैसा नभएका मान्छेलाई कर्जा दिएर उनीहरूको व्यावसायिक योजना पूरा गराउने लघुवित्तको मुख्य उद्देश्य हो । तर, बारादेखि रौतहटसम्मका लघुवित्त पीडित महिलाहरूका अनुसार उनीहरू लघुवित्तकै ब्याज तिर्न नसकेर प्रताडित भएका हुन् ।

छरछिमेक र मिटरब्याजी साहुबाट लिएको ऋण तिर्न उनीहरूले लघुवित्तबाट ऋण लिए । सहजै ऋण पाइने भएपछि कतिपयले लघुवित्तकै ऋण तिर्न पनि मिटरब्याजी साहुबाट ऋण लिए ।

कतिपयले सुरुमा पशुपालन, कृषि व्यवसाय गर्न ऋण लिए । तर, व्यवसाय सफल नभएपछि उनीहरूलाई ऋण तिर्न सकस भयो । त्यसपछि ऋण तिर्नका लागि भनेर उनीहरू अर्को लघुवित्त वा मिटरब्याजी साहुकहाँ पुगे ।

व्यवसाय विस्तार र लघुवित्तको माथिल्लो निकायबाट ‘टार्गेट’ पूरा गर्न दिएको दबावमा लघुवित्तले अर्को संस्थामा आबद्ध भएका ऋणीलाई पनि त्यसभन्दा बढी कर्जा दिने लोभ देखाउँदै उनीहरूलाई ऋण दिए ।

आम्दानी नभएका महिला लघुवित्तमा तिर्नुपर्ने ब्याज बढ्दै गएपछि एकपछि अर्को लघुवित्तबाट ऋण लिन थाले । दासका अनुसार कतिपय महिलाले त ऋण तिर्नकै लागि भनेर ५० किलोमिटर टाढाको गाउँमा रहेका समूहको सदस्य भएर समेत ऋण लिएका छन् ।

रौतहटको चन्द्रपुर, गुजरा, बाराको जितपुर सिमरामा भेटिएका महिलालाई लघुवित्तले ऋण नतिरेमा कालोसूचीमा राख्ने, सरकारी सेवासुविधा रोक्ने, छोराछोरी विदेश जान नपाउने जस्ता त्रास देखाउँदा उनीहरू असल ऋणी बन्ने चक्करमा १ हजार रुपैयाँको एक दिनको १० रुपैयाँ ब्याज तिर्ने शर्तमा समेत मिटरब्याजीबाट ऋण लिन बाध्य भएको पाइएको छ ।साभार

Tags: लघुवित्तलघुवित्त न्युजलघुवित्त समाचार

Discussion about this post

Related Posts

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

जनकपुरधाम जेसिजद्वारा माईन्युट लेखन तालिम सम्पन्न

जनकपुरधाम जेसिजद्वारा माईन्युट लेखन तालिम सम्पन्न

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!