काठमाडौं/माघ २४ गते। सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले वैशाख ३० मा निर्वाचन गर्ने निर्णय गरेको हो। सरकारले देशैभर एकैचरणमा निर्वाचन गर्ने जनाएको छ।
जसका लागि आवश्यक तयारी थाल्न सरकारले निर्वाचन आयोगलाई आग्रह गरिसकेको छ। यसअघि सरकार र निर्वाचन आयोगबीच जेठ ४ मा निर्वाचन गर्ने सहमति भएको थियो। तर, सरकारले त्यसअघि नै निर्वाचन गर्ने मिति घोषणा गरेको छ।





















Discussion about this post