nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

गगनको घोषणा: पुराना क्रियाशील सदस्यता खारेज

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २५, २०८२, १०:११ मध्यान्ह
गगनको घोषणा: पुराना क्रियाशील सदस्यता खारेज

धनुषा/चैत २५ गते। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका पुराना सबै क्रियाशील सदस्यता खारेज भएको घोषणा गरेका छन्। बुधबार जनकपुरधाममा आयोजित मधेस प्रदेशस्तरीय निर्वाचन समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै थापाले अब नयाँ प्रणाली र नयाँ जोसका साथ सदस्यता वितरण गरिने बताएका हुन्।

आगामी वैशाख १ गतेदेखि कांग्रेसले देशभर ‘जरा अभियान’ सुरु गर्ने जानकारी दिँदै थापाले पार्टीको संगठनलाई वडा तहदेखि नै पुनर्गठित गरिने उल्लेख गरे। महामन्त्री थापाले भने, ‘पुराना पद्धति र प्रणालीबाट बनेका सबै क्रियाशील सदस्यता निर्वाचनपछि स्वतः खारेज भइसकेका छन्। अब वैशाख १ गतेदेखि म आफैँले आफ्नै वडाबाट नयाँ सदस्यता लिएर यो अभियानको सुरुवात गर्नेछु।’

उनले पार्टीभित्रको अन्तरघात र गुटबन्दी अन्त्य गर्न संख्याभन्दा पनि गुणस्तरमा केन्द्रित हुनुपर्नेमा जोड दिए। अब पार्टीलाई १० लाख ‘कागजी’ सदस्य नभई काम गर्ने सक्रिय सदस्य चाहिएको उनको तर्क थियो। ‘हामीलाई १० लाखको सट्टा एक लाख सदस्य भए पुग्छ, तर ती सदस्य अनुशासित र काम गर्ने हुनुपर्छ ताकि भविष्यमा फेरि अन्तरघातको मुख हेर्नु नपरोस्,’ थापाले थपे।

कांग्रेसका भ्रातृ संगठनहरू वर्षौँदेखि तदर्थवादमा चलेको र पुराना नेताहरूले कब्जा जमाएका कारण निष्क्रिय बनेको भन्दै उनले अब नयाँ पुस्तालाई अवसर दिने गरी विधान परिमार्जन गरिने दाबी समेत गरे। स्थानीय र प्रदेश सरकारमा सहभागी मन्त्री तथा जनप्रतिनिधिहरूको कार्यसम्पादनबारे उठेका प्रश्नलाई सम्बोधन गर्न उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको टोलीले छिट्टै समीक्षा गर्ने उनले जानकारी दिए।

कार्यक्रममा मधेस प्रदेशका सभापति एवं मुख्यमन्त्री कृष्णप्रसाद यादवले निर्वाचनको परिणाम अप्रत्याशित रहेको भन्दै कमजोरीहरूको निर्मम समीक्षा गरेर अघि बढ्नुपर्ने बताएका थिए। गोष्ठीमा मधेसका आठै जिल्लाका सभापतिहरूले पार्टीको साङ्गठनिक अवस्थाबारे रिपोर्टिङ गरेका थिए।

Tags: राजनीति समाचार

Discussion about this post

Related Posts

“एक दिन एक वडा” अभियान अन्तर्गत जनकपुरधाम–२५ मा रास्वपाको सक्रिय जनसम्पर्क, स्थानीयसँग प्रत्यक्ष संवाद

“एक दिन एक वडा” अभियान अन्तर्गत जनकपुरधाम–२५ मा रास्वपाको सक्रिय जनसम्पर्क, स्थानीयसँग प्रत्यक्ष संवाद

मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह

मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह

राष्ट्रियसभा अन्तर्गतका चार समितिका सभापतिको पदबहाली

राष्ट्रियसभा अन्तर्गतका चार समितिका सभापतिको पदबहाली

निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए कारबाही हुने

निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए कारबाही हुने

मिथिलामा साक्षरता तथ्याङ्क सङ्कलन सुरु

मिथिलामा साक्षरता तथ्याङ्क सङ्कलन सुरु

मधेस प्रदेशको आर्थिक विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका छः मुख्यमन्त्री यादव

मधेस प्रदेशको आर्थिक विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका छः मुख्यमन्त्री यादव

मधेस प्रदेशको आम्दानी न्यून, योजना कार्यान्वयनमा समस्या

‘पत्रकारहरूको हकहितप्रति मधेस प्रदेश सरकार सदैव सकारात्मक छ’

मधेस प्रदेशको आम्दानी न्यून, योजना कार्यान्वयनमा समस्या

मधेस प्रदेशको आम्दानी न्यून, योजना कार्यान्वयनमा समस्या

अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदन पेस

अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदन पेस

नयाँ शैक्षिक सत्र वैशाख १५ देखि शुरु हुने

नयाँ शैक्षिक सत्र वैशाख १५ देखि शुरु हुने

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!