nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेस प्रदेशको आम्दानी न्यून, योजना कार्यान्वयनमा समस्या

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २३, २०८२, ६:०४ मध्यान्ह
मधेस प्रदेशको आम्दानी न्यून, योजना कार्यान्वयनमा समस्या

धनुषा/चैत २३ गते। मधेस प्रदेश सरकारको चालु आर्थिक वर्षको हालसम्म अनुमान गरिएको तथा तोकिएको लक्ष्यभन्दा कम आम्दानी भएको छ । त्यसबाट योजना कार्यान्वयनका साथै वित्तीय समस्या उत्पन्न हुने अवस्थामा आएको मधेस प्रदेशको अर्थ मन्त्रालयले जनाएको छ ।

सो मन्त्रालयद्वारा आज जनकपुरधाम आयोजित पत्रकार सम्मेलनमा प्रदेशका अर्थमन्त्री महेश यादवले मधेस प्रदेशमा अहिलेसम्म रु १० अर्ब ३८ करोड आम्दानी हुनुपर्नेमा हालसम्म रु चार अर्ब २५ करोड मात्र आम्दानी भएको बताए। साथै अन्य शीर्षकमा समेत आम्दानी न्यून भएको उनको भनाइ थियो ।

चालु आर्थिक वर्षको बजेटको आकार अहिलेसम्म सबैभन्दा ठूलो रहेको तर त्यो बजेटका लागि आम्दानी न्यून रहेको मन्त्री यादवले बताए। “चालु आर्थिक वर्षको बजेटको आकार रु ४६ अर्ब ९८ करोड रहेको छ, तर त्यसका लागि रु ३० अर्बभन्दा बढी बजेट प्राप्त हुने अवस्था छैन”, विज्ञप्तिमा उल्लेख छ । चालु आर्थिक वर्षको बजेट रु १७ अर्ब घाटामा जाने स्थिति रहेको उल्लेख गर्दै मन्त्री यादवले चालु आवमा स्वीकृत गरिएका सबै क्रियाकलाप तथा विकास निर्माणका कार्ययोजना कार्यान्वयन हुने अवस्थामा नरहेको तथा प्रदेश वित्तीय संकटमा पर्ने अवस्था रहेको बताए।

प्रदेश सरकारको आम्दानी न्यून भएकाले प्रशासनिक खर्च कम गर्ने तथा आवश्यक नरहेका विलासिताका सामाग्री खरिद तथा सानाखालका टुक्रे योजना बन्द गरिएको बताइएको छ । साथै विगतमा सम्पन्नभई भुक्तानी बाँकी रहेको आयोजना, अधुरा एवं क्रमागत आयोजना, मर्मतसम्भारसम्बन्धी आयोजना र विपद् व्यवस्थापनसम्बन्धी आयोजनाबाहेक रु दश लाखभन्दा घटीका आयोजना रोक्का राखिएको विज्ञप्तिमा उल्लेख छ ।

मधेस प्रदेश सरकारको हालसम्म पुँजीगत खर्च आठ प्रतिशत तथा चालूगत खर्च रु २४ प्रतिशत भएको विज्ञप्तिमा उल्लेख छ । चालु आवको सबै स्वीकृत क्रियाकलाप कार्यान्वयन गर्ने हो भने सिर्जित दायित्व भुक्तानी गर्न नसकी प्रदेश सरकार वित्तीय संकटमा पर्ने अवस्थामा रहेको मन्त्री यादवको भनाइ छ ।

नेपाल सरकारबाट भएको प्रदेश सरकारको कार्यसम्पादन मूल्यांकनमा मधेस प्रदेश अन्य छवटा प्रदेशको तुलनामा पछाडि परेको भनी सार्वजनिक भएको तथा मधेस प्रदेशलाई तुलनात्मक रूपमा अन्य प्रदेशभन्दा न्यून वित्त प्राप्त भइरहेको बताइएको छ ।

साथै मधेस प्रदेशलाई अन्याय हुनेगरी वित्तीय समानीकरण अनुदान वितरण सम्बन्धमा भएको विभेदपूर्ण नीतिगत व्यवस्था हटाउनुपर्ने उनको माग रहेको छ । पत्रकारको एक प्रश्नको जवाफमा रु २५ लाखभन्दामाथिको विकास योजनाका कार्यहरूलाई टेण्डरमार्फत गराउने मधेस प्रदेश सरकारको प्रावधान रहेको छ ।

सो अवसरमा अर्थ मन्त्रालयका सचिव रामकुमार महतोले अर्थ मन्त्रालयबाट कुनै किसिमको बजेटको दुरुपयोग नभएको स्पष्ट गरे ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

मधेस प्रदेशको आर्थिक विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका छः मुख्यमन्त्री यादव

मधेस प्रदेशको आर्थिक विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका छः मुख्यमन्त्री यादव

‘पत्रकारहरूको हकहितप्रति मधेस प्रदेश सरकार सदैव सकारात्मक छ’

‘पत्रकारहरूको हकहितप्रति मधेस प्रदेश सरकार सदैव सकारात्मक छ’

अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदन पेस

अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदन पेस

नयाँ शैक्षिक सत्र वैशाख १५ देखि शुरु हुने

नयाँ शैक्षिक सत्र वैशाख १५ देखि शुरु हुने

सातामा दुई दिन सरकारी बिदा दिने सरकारको निर्णय

सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णयसँगै अब कार्यालय समय ९ देखि ५ सम्म

सातामा दुई दिन सरकारी बिदा दिने सरकारको निर्णय

सातामा दुई दिन सरकारी बिदा दिने सरकारको निर्णय

सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भएको औपचारिक घोषणा

सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भएको औपचारिक घोषणा

वडा न.-१४ ले जित्यो यूरो पेन्टस वडा कप २०८२

वडा न.-१४ ले जित्यो यूरो पेन्टस वडा कप २०८२

नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन आग्रह

स्वास्थ्य मन्त्रालयको निर्देशन : स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक, भत्ता उपलब्ध गराउनू

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

काठमाडाैंमा रातभर प्रहरीको ‘अपरेशन सेफ्टी’ : गुण्डागर्दीमा संलग्न पाँच जना पक्राउ, विमानस्थलबाट १८ जना समातिए

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!