धनुषा/चैत २० गते। जनकपुरधाममा जारी वडा स्तरीय यूरो पेन्टस वडा कप २०८२ क्रिकेट प्रतियोगिता अन्तर्गतको सेमीफाइनल खेलमा वडा नं. १७ ले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। वडा नं. २० विरुद्ध भएको प्रतिस्पर्धात्मक खेलमा वार्ड १७ ले १८ रनको प्रभावशाली जित दर्ता गरेको हो। यो जित संगै भोलि (शनिबार) वडा न.-१७ र वडा न.-१४ बीच फाईनल खेल हुनेछ।
पहिले ब्याटिङ गरेको वडा नं. १७ ले निर्धारित १८ ओभरमा सबै विकेट गुमाउँदै १२४ रन बनाएको थियो। टोलीका लागि अविषेकले उत्कृष्ट ४३ रनको योगदान दिए भने रुपेशले २१ रन जोडे। अतिरिक्त रन (extras) को रूपमा आएको ३१ रनले पनि टिमलाई बलियो योगफल बनाउन मद्दत गर्यो।
१२५ रनको लक्ष्य पछ्याएको वडा नं. २० सुरुवातदेखि नै दबाबमा देखियो। सुरुवाती विकेटहरू चाँडै गुमाउँदा टोलीले लय समात्न सकेन। यद्यपि सौदले आक्रामक ५६ रनको पारी खेले पनि अन्य ब्याट्सम्यानको साथ नपाउँदा टोली १७.३ ओभरमा १०६ रनमै समेटियो।
वडा १७ का लागि अनिकेत यादवले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ३ विकेट लिँदै खेलको मोड परिवर्तन गरे। उनलाई अन्य बलरहरूले पनि राम्रो साथ दिए।
उत्कृष्ट बलिङ प्रदर्शनका लागि अनिकेत यादवलाई म्यान अफ द म्याच घोषित गरिएको छ । उनले महत्वपूर्ण समयमा विकेट लिँदै टिमको जित सुनिश्चित गरेका थिए। उक्त पुरस्कार राष्ट्रिय अम्पायर प्रकाश घिमिरे तथा अनुशासन समिति संयोजक दीपेन्द्र कुमार झाले संयुक्त रूपमा प्रदान गरेका थिए।
यस जितसँगै वडा नं. १७ प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। अब फाइनल खेल वडा न.-१७ र वडा न.-१४ बीच भोलि शनिबार दिउँसो १२:४५ बजे हुने आयोजकले जनाएको छ । जहाँ उपाधिका लागि कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।
प्रतियोगिताको समापन कार्यक्रम जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहको प्रमुख आतिथ्यतामा सम्पन्न हुने आयोजकले जनाएको छ। कार्यक्रममा खेलाडी, अतिथि तथा क्रिकेटप्रेमीहरूको उल्लेख्य उपस्थिति रहने विश्वास गरिएको छ।
प्रतियोगिता अन्तिम चरणमा पुगेसँगै क्रिकेटप्रेमीहरूमा उत्साह झनै बढेको छ। अब सबैको ध्यान फाइनल खेलतर्फ केन्द्रित भएको छ, जहाँ उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने होड देखिनेछ।
प्रतियोगितामा जम्मा १८ वटा वडाको टीम ले भाग लिएका थिए । यस वडा कपको डाइरेक्टर हरी शंकर साह,एड्मिनिस्ट्रेटर अम्भु प्रसाद साह, डेन्टल पार्टनर र को स्पोनसर गिता आस्पीरेशन प्रा.लि.देवी चोक,मेडिकल पार्टनर ओम फिजियो थेरापी,टाईटल स्पोन्सर युरो पेन्टस,मिडिया कोर्डिनेटर सजिलो पोस्ट,स्पोर्ट्स पार्ट्नर हरीस स्पोर्ट्स जोन,स्पोर्टिङ्ग क्लब श्री राजदेवी युवा कमिटी र न्यु भिजन नेपाल रहेको छ। वडा कपको संयोजक अरविन्दका अनुसार प्रतियोगिता नक आउट प्रणालीमा खेलाइदै छ भने खेलमा सेतो लेदर बल बाट भईरहेको छ । खेलका सम्पूर्ण नियमहरू अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) का प्रचलित मापदण्ड अनुसार रहेको जानकारी संयोजक प्रशान्त अरविन्दले दिएको छ।













Discussion about this post