सप्तरी/कार्तिक ७ गते। सप्तरीको सप्तकोशी नगरपालिकामा रुखबाट लडेर वृद्धको मृत्यु भएको छ ।
वडा नम्बर २ परसाहा घर भएका ६२ वर्षीय परशुराम पुवेलको रुखबाट लडेर मृत्यु भएको छ । आफ्नो घरदेखि पश्चिम रहेको परसाहा सामुदायिक वनमा बिहीबार साँझ घाँस काट्न गएका थिए ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेका अनुसार यस क्रममा रुखको हाँगा भाँचिदा पुवेल लडेका थिए । घटनास्थमै उनको मृत्यु भएको छ ।













Discussion about this post