nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

समाजिक सुरक्षा कोषमा ६ लाखभन्दा बढी श्रमिक आवद्ध : श्रममन्त्री

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ६, २०८२, ४:४६ मध्यान्ह
मेनपावर व्यवसायीको लाइसेन्स खारेज गर्ने विभागको निर्णय श्रममन्त्रीद्वारा खारेज

काठमाडौं/भदौ ६ गते। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले हालसम्म ६ लाखभन्दा बढी औपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध भइसकेको बताएका छन्।

भदौ ६ गते प्रतिनिधिसभा बैठकमा सांसद पूर्णबहादुर घर्तीद्वारा उठाइएका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले कोषलाई सबै श्रमिकसम्म पुर्‍याउन सरकार गम्भीर रहेको बताए। उनका अनुसार हालसम्म २१ हजार ३९२ औपचारिक रोजगारदाता दर्ता भइसकेका छन् भने ६ लाख १३ हजार ७१८ जना श्रमिक कोषमा सहभागी भएका छन्। साथै ७७६ जना अनौपचारिक क्षेत्रका श्रमिक र ४७६ जना स्वरोजगार व्यक्तिहरूलाई पनि कोषमा समेटिएको छ।

मन्त्री भण्डारीका अनुसार वैदेशिक रोजगारीमा जाने १८ लाख ३५ हजारभन्दा बढी श्रमिक दर्ता भइसकेका छन्। “वैदेशिक रोजगारमा जाने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने स्किम ल्याउने देश नेपाल मात्रै हो,” उनले भने।

उनले अनौपचारिक क्षेत्रमा समेत श्रम निरीक्षणको व्यवस्था गर्न नेपाल सरकारले ILO Convention ८१ र ८७ अनुमोदन गर्ने प्रक्रियामा रहेको जानकारी दिए। “यो अभियान हाम्रो आफ्नै भविष्यका लागि हो, वृद्धावस्थामा कसैसँग हात थाप्न नपर्ने गरी आफ्नै पेन्सनबाट जीवन धान्न सकिन्छ,” उनले सांसदहरूलाई कोषको विस्तारमा सहयोग गर्न आग्रह गरे।

प्रदेश र स्थानीय तहसँग श्रम समन्वयको विषयमा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले संविधानको मर्मअनुसार संघीय संरचनामा श्रम–रोजगार सेवा एकीकृत गर्ने गृहकार्य भइरहेको स्पष्ट पारे। उनका अनुसार प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयलाई रुपान्तरण गरी प्रादेशिक श्रम तथा रोजगार कार्यालय बनाउने प्रक्रिया अघि बढाइएको छ।

त्यसैगरी स्थानीय तहमा रोजगार सेवा केन्द्रलाई विस्तार गरी संघ, प्रदेश र स्थानीय तहका कार्यक्रमलाई एकीकृत गर्ने तयारी भइरहेको उनले बताए। “सरकारले आन्तरिक रोजगारीको माग सम्बोधन गर्न अलग्गै निकायको आवश्यकता देखेर नयाँ आन्तरिक रोजगार व्यवस्थापन महाशाखा गठन गरिसकेको छ,” मन्त्री भण्डारीले भने।

उनका अनुसार हाल महाशाखाले रणनीतिक योजना तयार गर्दैछ र आन्तरिक रोजगार प्रवर्द्धन कार्यक्रमलाई तीनै तहको साझा कार्यक्रममा रूपान्तरण गर्ने काम अघि बढाइएको छ।

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

मधेशबाट सुरु भएको नयाँ राजनीतिक मोडेल अन्य प्रदेशमा पनि लागू हुने : प्रचण्ड

मधेशबाट सुरु भएको नयाँ राजनीतिक मोडेल अन्य प्रदेशमा पनि लागू हुने : प्रचण्ड

सुशीला सरकार जेन–जी आन्दोलन र शहिदको भावनाविपरित चल्न थाल्यो, हत्यारालाई कारबाही गर्न ढिलाई नगरोस् : प्रभु साह

सुशीला सरकार जेन–जी आन्दोलन र शहिदको भावनाविपरित चल्न थाल्यो, हत्यारालाई कारबाही गर्न ढिलाई नगरोस् : प्रभु साह

मधेसवादी दलको कुकर्मले मधेस बदनाम र उजाड बनेको छ : प्रभु साह

मधेसवादी दलको कुकर्मले मधेस बदनाम र उजाड बनेको छ : प्रभु साह

जनकपुरधामको तप्सी चौकमा फ्रीडम फिटनेशको उदघाटन संगै संचालनमा

जनकपुरधामको तप्सी चौकमा फ्रीडम फिटनेशको उदघाटन संगै संचालनमा

मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णप्रसाद यादव नियुक्त

मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णप्रसाद यादव नियुक्त

दुई दिने चलचित्र तथा लघुचलचित्र सम्बन्धी मैथिली तथा साहित्य प्रशिक्षण कार्यक्रम जनकपुरधाममा सुरु

दुई दिने चलचित्र तथा लघुचलचित्र सम्बन्धी मैथिली तथा साहित्य प्रशिक्षण कार्यक्रम जनकपुरधाममा सुरु

सरकार पिच्छेको कर आतंकले मुलुकको अर्थतन्त्र ध्वस्त : प्रभु साह

सरकार पिच्छेको कर आतंकले मुलुकको अर्थतन्त्र ध्वस्त : प्रभु साह

एमाले महाधिवेशनको उद्घाटनमा १० हजार स्वयंसेवक परिचालन गरिने

एमाले महाधिवेशनको उद्घाटनमा १० हजार स्वयंसेवक परिचालन गरिने

‘असंवैधानिक’ कदमले एमालेलाई ठूलो क्षति : प्रदेश प्रमुख, सभामुख, मुख्यमन्त्री सबै पद गुमाए

‘असंवैधानिक’ कदमले एमालेलाई ठूलो क्षति : प्रदेश प्रमुख, सभामुख, मुख्यमन्त्री सबै पद गुमाए

एमाले महाधिवेशनको तयारी तीव्र

एमाले महाधिवेशनको तयारी तीव्र

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!