साउन १४ गते। मधेस प्रदेशका विभिन्न जिल्लामा हाल खानेपानी तथा सिँचाइको चरम अभावले जनजीवन कष्टकर बन्दै गएको छ। वर्षा नहुँदा खेत सुक्खा छन्, कृषकहरू धान रोप्न नसकी निराश छन्, र सर्वसाधारण पिउने पानीको अभावमा दिन काट्न बाध्य छन्। यिनै गम्भीर अवस्थाको मूल्यांकन गर्दै नेपाल सरकार तथा मधेस प्रदेश सरकारले मधेसलाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गरेको छ।
यसै सन्दर्भमा नेपाली कांग्रेसका केन्द्रिय सह-महामन्त्री तथा पूर्व खानेपानी मन्त्री आदरणीय नेता महेन्द्र यादवज्यूले सरकारसँग तत्काल र दीर्घकालीन समाधानको माग गर्दै भन्नु भएको छ —
“मधेसको जनजीवन र कृषि प्रणाली जोगाउन अहिलेको सबैभन्दा ठूलो आवश्यकता भनेकै डिप बोर्डिङ, सिँचाइ, नदी नियन्त्रण तथा कुलो निर्माणमा प्राथमिकता दिई बजेट खर्च गर्ने हो। अन्य सबै विकास योजना केही समय थाती राखी सिधै किसानका पीडामा मलम लगाउने कार्य गर्नुपर्छ।”
उहाँले नेपाल सरकार तथा मधेस प्रदेश सरकारलाई किसानमुखी नीति अवलम्बन गर्दै डुबानजस्ता विपद् नियन्त्रण तथा सुख्खा क्षेत्रका लागि आपतकालीन राहत योजना तत्काल लागू गर्न पनि जोड दिनु भएको छ।













Discussion about this post